२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

महाभरा स्वास्थ्य चौकीका कर्मचारीलाई विदाई र स्वागत


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

45

महाभरा २६, कार्तिक / गौरीगंज गाउ“पालिका वार्ड नंं. १ स्थित महाभरा स्वास्थ्य चौकीका कर्मचारीहरुलाई एक कार्यक्रमका वीच आज विदाई तथा स्वागत गरिएको छ ।
गौरीगंज गाउ“पालिका वार्ड नं. १ का वार्ड अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीका चार जना कर्मचारी सिनियर अहेव प्रेम प्रसाद पाण्डे, अहेव केदारनाथ कोइराला, सिनियर अनमी निर्मला सिक्देल, सिनियर अनमी अमृता राईलाई खादा ओढाएर फुलमालाले ससम्मान विदाई गरिएको छ भने सिनियर अहेव पिताम्वर भण्डारी, सिनियर अहेव फगेन्द्र अधिकारी, अनमी अम्विका काफ्ले र अनमी सरिता मेचेलाई स्वागत गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष कार्तिकलाल राजवंशी, नेकपा प्रतिनिधि कैलाश मास्के, नेका प्रतिनिधि लखन सिंह राजवंशी, राप्रपा प्रतिनिधि गण्ोह पोख्रेल, व्यवस्थापन समितिका उपाध्यक्ष गोपाल चन्द्र राजवंशी, व्यवस्थापन समितिका सदस्य नरध्वज लिम्बु, भीम प्रसाद कोइराला, समाजसेवी, भेषराज कार्की, साना किसान सहकारी संस्थाका प्रतिनिधि टेक बहादुर योङ्या, शिक्षक सीपी भट्टराई,
भीम कार्की, जग्गादाता रुकमणी ढकाललगायतले विदाई हुने र खटिएर आउने कर्मचारीलाई विदाई तथा स्वागत गरेका थिए । महाभरा स्वास्थ्य चौकीको भवन निर्माण गर्न श्याम बहादुरले ३ कठ्ठा सवा १० धुर, लखनसिंह राजवंशीले १ कठ्ठा, कपिलमनि ढकालले २ कठ्ठा निशुल्क दान दिएका थिए । पछि उक्त जग्गामा १ कठ्ठा खरीद गरि जम्मा ७ कठ्ठा सवा १० धुर दानजग्गामा २ वर्ष अघि भएको स्वास्थ्य चौकी निर्माण गरिएको नेकपा प्रतिनिधि कैलाश मास्केले बताए । स्वास्थ्य चौकीमा ६ जना कर्मचारीको दरवन्दी रहेको छ । उक्त स्वास्थ्य चौकीमा हाल दैनिकरुपमा २५÷३० जनाको हाराहारीमा विरामी चेकजा“च गर्न आउने गरेको जनाइएको छ ।

49

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : ४९ बजे