१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजका मुस्लिम समुदायले पैगम्बरको जन्मोत्सव भव्यरुपमा मनाए


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

pppp

गौरीगंज २४, कार्तिक / मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा नेपाल मुस्लिम नागरिक समाज गौरीगंजले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएको छ ।
मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा आज गौरीगंज बजार परिक्रममा गरी एक आपसमा शुभकामना आदान प्रदान गर्दै धुमधामसंग जन्मजयन्ती उनीहरुले मनाएका हुन् ।
गौरीगंज क्षेत्रका मदरसाका मुस्लिम विद्यार्थीहरुलाई सहभागी गराई र्यालीमा पैगम्बरको नाम र उनका वाणीहरुको उच्चारहण गर्दै बजार परिक्रममा गरेका थिए ।
जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरेको नेपाल मुस्लिम नागरिक समाज गौरीगंजका अध्यक्ष नसिर उदिनले बताए ।
यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध गर्ने र पैगम्बरको वाणी र उपदेशहरुलाई आत्मसाथ गर्ने आजको दिन भएकोले मुस्लिम समुदायले आजको दिन विशेष रुपमा मनाउदै आएको समाजका उपाध्यक्ष आसामुदिन मो. आसामुदिन मिया“ले बताए । गौरीगंज गाउ“पालिकामा करिब ४ सय ५० मुस्लिम परिवार रहेको जनाइएको छ । सोही अवसरमा प्रदेश २ मा आज आइतबार सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ०४ बजे