५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा गाजासहित २ जना व्यत्ति पक्राउ


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

1c1fc5fab98ce18fc44f247173bc42f3.0

गाैरीगंज १८, कार्तिक / ईलाका प्रहरी कार्यालय गाैरीगंजले गाजासहित २ जना व्यक्तिलाई पक्राउ गरेकाे छ । गाेप्य सुचनाका आधारमा आज प्रहरीले गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का सरिया भनिने बुद्विलाल राजवंशी र वार्ड नं. ३ का गैठु भनिने देवनारायण महताेलाई गाजा सहित पक्राउ गरेकाे हाे । घरभित्र लुकाई छिपाई प्लास्टिक तथा स्टलका बट्टा, पाेलिथिन झाेला तथा कागजकाे पुरिया बनाई राखेकाे अवस्थामा राजवंशीकाे घरबाट २ केजी १२५ ग्राम र महताे घरबाट ५०० ग्राम गाजा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी गराए । बरामद गरिएकाे गाजा र व्यक्त्तिहरू ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे नियन्त्रणमा रहेकाे ईप्रपा गाैरीगंजका प्रहरी प्रमुख गणेश प्रसाद भट्टराईले जानकारी गराए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ३० बजे