१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्राभेल गरिएका सडकहरू बर्ष नबित्दै भत्किए


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

20191104_101133
झगेन्द्र खड्का
गौरादह १८, कार्तिक /स्थानीय निकायलाई बिकास निर्माण अन्तर्गत सडक पुर्वाधार बिकास मुख्य चुनौती बनेकाे छ।बिस्तार गरिएका र स्तरीय ग्राभेल गरिएका सडकहरू बर्ष नबित्दै भत्किएपछि सडक निर्माण कार्यमा समस्या भएको हाे।सडक बिस्तार गरि स्तरीय ग्राभेल गर्दा आकर्षक देखिने सडक वर्षा सुरूहुने साथ खाल्डा पर्न थाल्छन।उच्चस्तरीय ग्राभेल गरिएता पनि त्यसको मापदण्ड पुरा नगरी सडक निर्माण गर्दा सडक भत्किने गरेकाे गौरादह -७ का युबराज चुडाल बताउछन। दिगाे बिकासलाई बिचार नपुराई मुनाफा कमाउने उधेश्यले सडक निर्माणको काम गर्दा आवतजावतमा समस्या हुनुकाेे साथै नागरिकहरूले दु:ख पाएका छन।देश बिकाशकाे मेरूदन्डकाे रूपमा यतायतलाई लिईन्छ ।गाँउका कुना काप्चासम्म यातायत संचालन हुन नसके बिकास सम्मभब छैन।नगरपालिका तथा गाँउपालिकाहरूले सडक पूर्वाधार निर्माण र मर्मतकालागी सबै भन्दा बढी बजेट बिनियाेजित गर्ने गरेका छन ।सडक संजाल बिस्तार र मर्मत नै स्थानिय तहकालागी मुख्य चुनौती बनेकाे छ । सडक स्तरीय ग्राभेल गरेपनि खाल्डाखुल्डी हुनाले मर्मत गर्न भ्याई नभ्याई हुन्छ।कुनै स्थानमा रहेका धेरै पुराना र अति ब्यस्त रहने सडकहरु अहिले सम्म बिस्तार हुन सक्का छैनन।गौरादह नगरपालिका वडा नं -२ काे गौरादह बजार बाट हाँसखाेरा हुँदै दहलु जाेड्ने ब्यस्त सडक अहिले सम्म बिस्तार हुन सकेकाे छैन। सार्वजनिक यतायतका साधनहरु बसका साथै निजी सवारीका साधनहरु बाक्लै ओहोरदोहोर गर्ने गर्दछन।सडक भने अहिले सम्म बिस्तार भएकाे छैन।सडकमा भएका खाल्डाखुल्डी पुरपार र टालटुलमै काम चलेकाे छ। स्थानिय तह संचालन गर्ने जनप्रतिनिधिहरूले जनताकाे काम सहज रूपमा गर्ने र आधारभूत आवश्कता पूरा गर्ने बताएका थिए। निर्वाचनकाे समयमा नेताहरूले बिकाश निर्माणमा प्रतिबद्वता जनाउदै जनताका आवस्यकताहरू पूरा गर्ने आस्वाशन दिदै मत मागेका थिए।बिकास निर्माणमा पछि परेका साबिकका गा.बि.स.हरूमा सडक संजाल बिस्तारहुन सकिरहेकाे थिएन ।स्थानिय सरकारले गाँउका कुना काप्चा सम्म सडक संजाल बिस्तार गरिरहेकाे छ। स्थानिय तह भित्ररहेका सडकहरूलई स्तराेन्नती र स्तरीय ग्राभेल गरिरहेका छन।सडकहरू स्तरीय ग्राभेल गरिएपनि ६ महिना नबित्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन।बर्षादकाे समयमा पानी पर्दा सडकमा खाल्डा पर्नुका साथै सडक भत्किएर पानी जम्दा आवतजावतमा समस्या हुने गरेकाे छ।ठुला तथा साना सवारीका साधन चल्न नस्सक्नुका साथै मानिसलाई पैदल हिड्न समेत समस्या भएकाे गौरादह नगरपालिका वडा नं -३ ईन्द्र बहादुर कटुवाल बताउछन। स्थानीय निकायले सडक निर्माणकालागि टेन्डर लगाउदा सबै भन्दा कम टेन्डर लगाउने ठेकेदारलाई सडक निर्माणको जिम्मा दिने गरेका छन। सडक निर्माणकालागी ठेकेदारहरूले आफ्नो कम्पनीलाई ठेक्का पार्न ताेकिएकाे रकम भन्दा कममा टेन्डर लगाउदा सडक कमसल बनेकाे स्थानीय बासिकाे भनाई छ । सवारीका साधनहरूकाे बढी चाप हुने सडकहरूमा चौडा कमराखी स्तरीय ग्राभेल गर्दा सडक चाँडै खाल्डा पर्ने गरेकाे ठेकेदार स्याम चिमरिया बताउँछन् ।एउटा गाडीमात्र चल्न सक्ने गरी सडक निर्माण गर्दा एकैठाउमा गाडीकाे चक्का पर्दा सडक खाल्डा परेकाे ठेकेदारकाे भनाइ छ।गत बर्ष सडक बिस्तार सहित उच्चस्तरीय ग्राभेल गरिएकाे गौरादह नगरपालिका वडा नं -७ काे ठक्ठके चौक देखि उत्तर र पुर्व जाने सडक गत वर्ष स्तरीय ग्राभेल गरेपनि यस बर्ष खाल्डा परेर मर्मत गर्नु परेकाे छ ।नगरपालिका भित्रका अधिकाङस सडकहरूमा ठुलाे लगानी गरेर स्तरिय ग्राभेल गरपनि महिना बित्नसाथ खाल्डाखुल्डी पर्ने गरेका छन । नगरपालिका भित्रका सडकहरू मापदण्ड अनुसार निर्माण नहुनु, बर्षादकाे समयमा निर्माण कार्य सुरू गर्नु जस्ता कारणहरूले सडक ६ महिना नबित्दै भत्कने गरेका छन।सडक निर्माण गर्दा थाेरै काम गरेर भएपनि दिगाे र गुणस्तरीय काम गर्न जरुरी छ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : २४ बजे