१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सन्तकुमार वान्तवाको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गरिने


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

30e547fc0b45582c9a3e6f759d26e2f8.0
दमक १७, कार्तिक / करिव एक दशक अघि निधन भएका झापा कमलगाँउपालिका ६ का सामाजिक व्यक्तित्व सन्तकुमार वान्तवाको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ । स्व. वान्तवाको जीवनी र व्यक्तित्वलाई समेटेर स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको संकलनकर्ता मनिश्वर राईले वताए । उनका अनुसार स्मृति ग्रन्थका लागि उनी सम्बद्ध आवश्यक लेख,सस्मरणहरु संकलन गर्ने कार्य धमाधम भईरहेको छ ।
आगामी माघ २२ सम्ममा स्मृति ग्रन्थ प्रकाशनको तयारी भईरहेको उनले बताए । स्मृति ग्रन्थ करिव ४ सय पृष्ठको हुने जनाईएको छ । स्व वान्तवाको सामाजिक योगदानलाई उजागर गर्न कृतिका रुपमा ग्रन्थ प्रकाशन गर्न लागिएको ग्रन्थका संकलनकर्ता राईले बताएका छन् ।
स्मृति ग्रन्थ प्रकाशन गर्न सामाजिक व्यक्तित्व दिलीप राईको अध्यक्षता तथा साङ्गेन राई सचिव रहेको एक प्रकाशन समिति समेत गठन गरिएको छ ।
पाँचथरको रवि हिकुनुम्बामा १९९१ असार २५ मा जन्मिएका वान्तवा २०२५सालदेखि झापाको साविक लखनपुर २ मा बसोवास गरि राजनीतिक ,सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनको उच्चरक्तचाप लगायतका रोगवाट २०६८ फागुन २० गते ७७ वर्षको उमेरमा निधन भएको थियो ।
भारतको आसाम राइफलमा भर्ति भई ८ बर्षसम्म नोकरी गरेका स्व वान्तवा किरात राई यायोक्खा झापाका संस्थापक अध्यक्ष ,आदिवासी रंगशला तथा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, मंगलमय माविका अध्यक्ष तथा राजनीतिक रुपमा नेपाल भूतपूर्व सैनिक संगठनका दुई कार्यकाल अञ्चल सभापति भएर काम गरेका थिए ।
त्यस्तै,पञ्चायतकालका चर्चित राजनीति हस्ती भनेर चिनिएका वान्तवा २०६२।०६३ को जनआन्दोलन पश्चात त्तत्कालीन एकीकृत माओवादी केन्द्रका कोचिला राज्य समितिका सल्लाहकारका रुपमा क्रियाशील थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : ११ बजे