१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खाेलामा छठकाे राैनक


१६ कार्तिक २०७६, शनिबार  

0
Shares

20191102_125340

गाैरीगंज १६, कार्तिक / अस्ताउदाे सूर्यलाई अर्घ दिई आज धुमधामसंग छठ मनाउदैछन् ।

सूर्यकाे उपसना गरी तराई क्षेत्रमा बसाेबास गर्ने समुदायले मनाईने छठ पर्व मनाउन खाेला किनारमा भक्तजनहरु भेला भई भव्यरूपमा मनाउन लागिएकाे हाे ।
प्रत्येक वर्ष छठ पुजा गरिने स्थानमा खाेला किनार र तलाउ सिङ्गारेर सद्भावपुर्वक मधेशी समुदाय मात्र हाेेेेई पछिल्लाे समय पहाडी समुदायले हर्ष उल्लास मनाउन थालेपछि छठ पर्वकाे बेग्लै राैनक थपेकाे छ । उनीहरूले समिति नै बनाएर झापाकाे मेची नदी, वरिङ्ग, माई, रतुवा, किष्णे र गाैरिया खाेलामा भक्तजनहरूले त्यस किसिमकाे सिङ्गार पटार गरि मनाउन लागेका हुन् ।
शाह,महत्ताे,मेहेता,दास,राजवंशी,ताजपुरीया,ऋषिदेव, मण्डल, सरबरिया, डुम, हरिजनलगायतका समुदायहरुले याे पर्व विशेष रुपमा मनाउदै आएका छन् ।
20191102_125606

गाैरादह नगरपालिका वडा नं -७ काे ग्वालडुब्बा बजार र आसपासका भक्तजनहरुले किष्ण खाेलामा र गौरीगंज गाउपालिकाका भक्तजनहरुले गौरिया खाेलामा पुजाकालागी घाट बनाएका छन। किष्ण खाेलामा करिव ५ सय मिटरकाे क्षेत्रमा र गौरिया खाेलामा करिव १ किलाे मिटर क्षेत्रमा भक्तजनहरुले आफुले पुजा गर्ने घाट तयार गरेका छन।विशेष गरि तराई वासिहरुले मनाउने छठ पुजा केही वर्ष अगाडि देखि पहाड वासिहरुले पनि मनाउन थालेका छन।तराई क्षेत्रमा बसाेवास गर्ने भगवान प्रतिकाे बिश्वास र मनाेकंक्षा पुराभएकाे आधारमा पहाड वासि समुदायहरुले पनि हर्ष उल्लासका साथ छठ पुजा गर्ने गरेका छन।गौरादह नगरपालिका -७ का निर्मला काृईराला,इन्दिरा भेट्वाल, र गाेमा ओलीले बिगत ५ वर्ष देखि छठ पुजा गरेकाे निर्मलाले बताईन।छठ पुजामा भगवान सूर्यकाे पुजा आरधनाबाट आफुले चिताएकाे पुराहुने भएकाले प्रतेक वर्ष छठ पुजा गरिएकाे निर्मलाका श्रीमान जीवन काेईरालाले बताए।छठ पुजा गर्न खाेलामा आबस्यक ब्याबस्थापन र तयारी गर्न ग्वालडुब्बा सहयाेगी मन्चले सहयाेग गरेकाे मन्चका अध्यक्ष राज जंग बस्नेतले बताए ।छठ पुजाका लागि व्रत बसेका भक्तजनहरुले शनिवार अस्ताउदाे सूर्यलाई र आईतवार बिहान उदाउदाे सूर्यलाई अर्घ दिईने ग्वालडुब्बा छठ पुजा समिति संयाेजक घुटु महत्ताेले बताए।त्यसै गरि गौरीगंज र खजुरगाछीका भक्तजनहरुले छुट्टाछुट्टै समिति बनाएर छठ पुजा गरेका छन।खजुरगाछी पुजा समितिले गौरीया खाेलामा सूर्यकाे मूर्ति राखेर पुजा आराधना गरेकाे खजुरगाछी पुजा समिति अध्यक्ष राजेश शाहाले बताए।गौरीया खाेलाकाे पुर्व पट्टि गौरीगंज र पश्चिम पट्टी खजुरगाछीका भक्तजनहरुले पुजा गर्ने तयारी गरेका छन।सनातन धर्मकाे संस्कार अनुसार पौराणिक काल देखि गरिदै आएकाे छठ पुजामा उदाउदाे सूर्यलाई अर्घ दिई पुजा सम्पन्न हने अध्यक्ष शाहाले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : ११ बजे