३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महागुरु फाल्गुनन्द लिङदेनको १३५ औ जन्मजयन्ती कार्तिक २५ गते भव्यरूपमा मनाईने


१५ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191101_191717
मोरङ १५, कार्तिक / राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३५ औ जन्मजयन्ती आगामी कार्तिक २५ गते विभिन्न कार्यक्रमहरु गरि मनाईने तयारी गरिएको छ ।जन्मजयन्ती स्वदेश तथा विदेशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरि मनाउने तय गरिएको हो ।

यसैक्रममा मोरङको मिक्लाजुङ ३ स्थित टाँडीको धेवेनीमा यहि कार्तिक २२ देखि २५ गतेसम्म किरात हाङसाम माङहिममा वृहत साथै राष्ट्रिय स्तरको कार्यक्रमको तयारी गरिएको छ । तीन दिन सम्म सञ्चालन हुJने कार्यक्रम सम्पन्न गर्न किरात हाङसाम माङहिमका अध्यक्ष शुक्रध्वज सोङमीको संयोजकत्वमा एक जन्मजयन्ती मूल समारोह समिति गठन गर्नुका साथै विभिन्न २७ वटा उपसमिति समेत गठन गरिएको छ ।

त्यस्तै, किरात धर्म तथा साहित्य उत्थान संघको प्रत्यक्ष निगरानी रहने सो कार्यक्रम सफल बनाउन गाँउपालिका सहसंयोजक र संघको राष्ट्रिय समिति, किरात चोत्लुङ मुहिगुम अङसी माङगेना सेवा संघका झापा, मोरङ,सुनसरी सम्मलित रहेको मूल समिति गठन गरिएको किरात धर्म तथा साहित्य उत्थान संघका मुख्य सचिव संकल्प लिङदेनले जानकारी दिएका छन् ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा किरात धर्मगुरु आत्मनन्द लिङदेनसहित गुरुआमा पवित्राहाङमा लिङदेनको विशेष आतिथ्यतामा वृहत धार्मिक कार्यक्रम हुने जन्मजयन्ती मूल समारोह समितिले जनाएको छ ।

गठित समारोह समितिका संयोजक सोङमीका अनुसार कार्तिक २२ मा स्थानीय मगर खोलामा गालीश्राप, २४ गते किरातेश्वर माङहिममा विश्वशान्ति तथा सकल प्राणी रक्षाका लागि महाअष्ट होमादि यज्ञ सेवा पूजा ,२५ गते मुख्यमन्त्रीबाट उद्घाटनसहित महागुरुको नवनिर्मीत पूर्णकद शालिकको अनावरण गरिने कार्यक्रम रहेको छ । साथै सोहि साँझ घरघरसहित माङहिमहरुमा दिपावली तथा माङलाक ,केलाङ प्रस्तुत गर्नुका साथै सांस्कृतिक कार्यक्रमहरु समेत गरिने टाँडीस्थित ले बताएका छन् ।

जन्जजयन्तीको अवसरमा मोरङको टाँडीसहित पूर्वका धनकुटा,पाँचथर,ताप्लेजुङ,तेह्थुम ,इलाम ,काठमाण्डौ उपत्यका तथा विदेशका कतार,साउदी अरव, मलेशिया,,हङकङ, वेलायत,अमेरिका, दक्षिण कोरिया,जापान र भारतका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु गरि महागुरुको स्मरणमा कार्यक्रम गरिदै आएको किरात धर्म तथा साहित्य उत्थान संघका मुख्य सचिव लिङदेनले बताएका छन् ।

महागुरु लिङदेनलाई किरात धर्म दर्शनका पूनरुत्थानकर्ता,समाज सुधारकका रुपमा किरातीहरुले सम्झने गर्छन् । इलामको साविक इभाङ हाल माङसेवुङ गाँउपालिका २ मा १९४२ कार्तिक २५ मा जन्मिएका उनको २००५ साल चैत २२ गते निधन भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ३६ बजे