१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकाे साधारणसभा सम्पन्न


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191025_132347

गौरीगंज८, कार्तिक / राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले दाेस्राे साधारणसभा आज सम्पन्न गरेकाे छ। गौरीगंज गाउँ पालिका वडा नं ६ काे सभाहलमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष कार्यक्रमकी सभापति फुलवति राजवंशीले संस्थाकाे बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन्। अध्यक्ष राजवंशीले संस्थाकाे ९ लाख १२ हजार ७ सय ४५ प्राप्ति भुक्तानी रहेकाे आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन्। संस्थाकाे दाेस्राे साधारणसभाकाे अबसरमा पत्रकार आत्माराम राजवंशीसहित संस्थालाई सहयाेग गर्ने महानुभाबहरुलाई सम्मान गरिएको थियाे। ग्रामीण क्षेत्रमा रहि संस्थाले गरेका कामलाई सन्चारकाे माध्यमबाट प्रचारप्रसार गरि सहयाेग गरेवापत काेचिला न्युजका सम्पादक आत्माराम राजवंशीलाई दाेसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएकाे थियाे।

20191025_132732
साेहि कार्यक्रममा संस्थालाई सहयोग गरेवापत गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, संस्थाका सल्लाहकार संयाेजक वसन्त लक्ष्मी उदास,ग्रामिण तथा सहरी विकाश उपाध्यक्ष सन्ताेष कुमार श्रेष्ठ तथा पुन्य संग्रौला, संस्थाले संचालन गरेकाे लैंगिक हिंसा न्युनिकरण कार्यक्रममा कला प्रस्तुत गर्ने तिला मूर्मू, अन्जु ठाकुर,मंगली किस्कु र यम कुमारी सिलवाललाई दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे। गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गर्दै राष्ट्रिय महिला सशक्तीकरण संस्थाले गरेका कामकाे सफलताकाे शुभकामना ब्याक्त गरेका थिए।
20191025_132639
साधारणसभामा वडा नं -१ का वडाध्यक्ष कार्तिक लाल राजवंशी,वडा नं -२ का वडाध्यक्ष अधनु प्रसाद राजवंशी,वडा नं -५ का वडा अध्यक्ष बिजय प्रसाद सिंह गन्गाई, वडा नं -६ कि वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश भट्टराई, संस्थाकी गौरादह अध्यक्ष भरिपूर्ण राई, लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमकाे स्वागत सर्मिला राजवंशीले गरेकी थिइन् भने सञ्चालन संस्थाकी सचिव पुष्पलता राजवंशीले गरेकी थिइन् ।
20191025_132627
20191025_132955

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ४५ बजे