५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजका छुट करार अस्थायी शिक्षकहरूकाे चेतावनी


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

20191022_170208

गाैरीगंज ५, कार्तिक / छुट अस्थायी शिक्षक संघर्ष समिति गाैरीगंजले विभिन्न माग राख्दै गाैरीगंज गाउँपालिकाबा अध्यक्ष बाबुराजा श्रेष्ठलाई आज ज्ञापनपत्र बुझाएका छन् ।
समितिले २०७२ साल ०६ महिना ०२ गते पछि अस्थायी करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाा मार्फत संघिय शिक्षा ऐन बमाेजिम व्यवस्था गर्न माग गरेकाे छ ।
समितिका निवर्तवान गाैरीगंज अध्यक्ष माधव प्रसाद गाैतम तथा सचिव रणजित कुमार यादवकाेे संयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा ‘ नेपालकाे संविधानकाे माैलिक हक अन्तर्गत धारा १८ काे समानताकाे हक र धारा ३३ काे राेजगारी हक बमाेजिम मिति २०७२ /०६/०२ गते पछि नियुक्त अस्थायी करार शिक्षकहरूलाई सेवाबाट विस्थापित हुनबाट जाेगाएर राेजगारीकाे हक सुनिश्चित गरियाेस् ।’ भनिएकाे छ । समितले ज्ञापनपत्र बुझाउदै अस्थायी करार शिक्षकहरूलाई राेजगारीबाट विस्थापित गर्ने चेष्टा सरकारले गर्याे भने चुप लागेर नबस्ने चेतावनी दिदै माग पूरा नहुनञ्जेल आन्दाेलन जारी राख्ने ज्ञापनपत्रमा भनिएकाे छ । देशभरि १९ हजार संख्यामा करार अस्थायी शिक्षकहरू छन् ।

20191022_170236

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ११ : १९ बजे