१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेचिला युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


३ कार्तिक २०७६, आइतबार  

0
Shares

20191020_123648

विर्तामोड ३, कार्तिक / काेचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडमा प्रथम अन्तर्राष्ट्रिय कोच साँस्कृतिक युवा सम्मेलन सम्पन्न भएको छ ।

कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षता तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कनकाई नगरपालिका–९को आर्थिक सहयोगमा बिर्तामोडस्थित सिटी पार्टी प्यालेसमा भएको सम्मेलनमा नेपाल र भारतमा कोच समुदायमा काम गरिरहेका १५ वटा संघ–संस्थाहरुका ५० जना युवा प्रतिनिधि र अन्य पर्यवेक्षक गरी २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कनकाई नगरपालिका–९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, प्राज्ञ पवन राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, कोचिला गाभुर फ्रन्टका केन्द्रीय सल्लाहकार पर्शुराम राजवंशी , डा. गौतम राजवंशी, डा. ममता घिरैया राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नर्थ वंगाल इथनिक कल्चरल वेलफेयर एशोसिएशनकी सचिव तथा नायिका विनोता वर्मन, कोच राजवंशी गाभुर संघ उत्तरदिनाजपुर पश्चिम बंगालका महासचिव मोहनलाल सिंह, इबोङ आमार एन्जिओ भारतका अध्यक्ष जयन्तकुमार सिंह, राजवंशी विकास समिति विहारका राज्य सचिव मोहनलाल सिंह, अनुरोध फाउण्डेशन मोरङकी अध्यक्ष तथा कोरियोग्राफर सपना राजवंशी, सिलिउड सिने क्रिएसनका अध्यक्ष निरेन राय, मेची क्याम्पसकी प्राध्यापक निता राजवंशी, रमेश राजवंशी लगायतले विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मिराकल क्रियूले नेपाली राष्ट्रियता झल्कने धाननाच, संगिनी, कौडा नृत्य प्रस्तुत गरेको थियो भने देबु रोयले कोच संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा पुस्तक प्रदर्शनी, हस्तकला सामाग्रीको प्रदर्शनी, कोच समुदायका ऐतिहासिक फोटो प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले नेपाल भ्रमण वर्ष २०२०को सन्दर्भ पारेर बिर्तामोडमा सम्मेलन आयोजना गरिएको बताउँदै प्रदेश नं. १को पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा मद्दत पुगेको बताए । उनले सम्मेलनमा नेपाल र भारतमा कोच समुदायमा काम गरिरहेका विभिन्न संघ–संस्थाहरुका युवाबीच अनुभव आदान प्रदान, सांस्कृतिक, शैक्षिक गतिविधि आदान प्रदान समेत गरिएको जानकारी दिए ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपेश राजवंशीले गरेका थिए ।
20191020_123648

20191020_12405320191020_124155

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ०१ बजे