३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेशनल माेर्डन एग्रीकल्चरकाे शाखा कार्यालय गाैरीगंजमा स्थापना


२ कार्तिक २०७६, शनिबार  

0
Shares

20191019_132426

गाैरीगंज २, कार्तिक / नेशनल माेर्डन एग्रीकल्चर नेपालकाे शाखा कार्यालय गाैरीगंजमा शुक्रबार विधिवत उद्घाटन गरिएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उत्त कार्यालयकाे विधिवत उद्धाटन गरेका हुन् । प्राकृतिक स्राेत साधनकाे प्रयाेग गरि कृषि, पशुपालन, मत्स्यपालनमा टेवा पुर्याई बेराेजगार समस्याकाे न्युनिकरण गरि कृषकलाई आत्मनिर्भर बनाउने उद्श्यले संस्थाकाे स्थापना भएकाे एग्रीकल्चर नेेेेेेेेपालका अध्यक्ष धनपति आचार्यले बताए ।
उदघाटन कार्यक्रमकाे अध्यक्षसमेत रहेका आचार्यलेे कृषि वन तथा पशु उत्पादन परियाेजनालाई कृषक समूह गठन गरि कृषिमा आधुनिक खेती, अर्गानिक खेती, जैविक खेती गराउने गरि कृषि तालिम,सीपमुलक तालिम, पशुपालन, निजी वन निर्माण संचालन गर्ने बताए । निजी वन निर्माण गरि विभिन्न जातका अचार र चिया उत्पादन प्रशाेधन गर्ने, उन्नत जातकाे खेती गराउने गरि याे कार्यक्रम सञ्चालन गरिएकाे अध्यक्ष आचार्यले बताए । गाैरीगंजमा प्रत्येक वार्डमा सामाजिक परिचालक खटाई कृषककाे समस्या बुझ्ने र त्यसका समाधानका उपाय, सल्लाह, सुझाव दिईने जनाएकाे छ । कार्यक्रममा जेष्ठ नागरिक नर प्रसाद पाठकलाई सम्मानसमेत गरिएकाे थियाे ।
कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष मखना महताे, २ का अध्यक्ष अघनु राजवंशी, १ का अध्यक्ष कार्तिक लाल राजवंशी, नेकपाका गाैरीगंजका अध्यक्ष विध्यानन्द राजवंशी, महिला शसक्तिकरणका अध्यक्ष फुलवती राजवंशी, रेडक्रस साेसाईटिका अध्यक्ष कैलाश मास्के, कार्यपालिका सदस्य राधा अधिकारी, प्रहरी निरीक्षकद्वय गणेश भट्टराई र साईमन श्रेष्ठ, अमर खेलकुदका अध्यक्ष नन्दराज थापा, जेष्ठ नागरिक संघकन अध्यक्ष रामकृष्ण यादवलगायतकाे उपस्थिति थियाे ।
कार्यक्रममा गाैरीगंज शाखाकी प्रमुख लक्ष्मी ताजपुरियाले कार्यक्रमकाे स्वागत गरेकाे थियाे भने अतिथिहरूलाई निर्मला दाहालले स्वागत भाषण मार्फत सत्कार गरेेेेका थिए । एग्रीकल्चर नेपालका प्राेग्राम काेअर्डिनेटर राजेश विसीले कार्यक्रमकाे उधेश्यबारे बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन जीवन सुवेदीले गरेका थिए ।
20191019_132340

20191019_132359
20191019_132412

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : ४२ बजे