१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकी एक बालिकामा डेंगु, हाल स्वास्थ्यमा सुधार


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191018_154225

गाैरीगंज १, कार्तिक/ झापाकाे गाैरीगंज गाउँपालिका वडा नंं. ६ खजुरगाछी एक बालिकामा डेंगु राेग देखिएकाे छ ।
झापा जिल्लाकाे दक्षिणी क्षेत्रमा पहिलाे पटक याे देखिएकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका गाेपाल दाहालकी ४ बर्षीया छाेरी प्रिंयसा दाहाललाई याे राेग देखिएकाे हाे । उनलाई करिब १० दिन अगाडिदेखि खाेकी र ज्वराेले ग्रस्त बनाएपछि स्थानिय मेडिकलमा उपचार गराईएकाे थियाे तर उपचार हुन नसकेपछि दमकस्थित एडभान्स अस्िताफमा लगिएकाे थियाे । एडभान्स अस्पतालमा उपचार गराई हिमाल फार्मेसीमा रगत जाँच गर्दा डेंगुका किटानु भेटिएपछि डाक्टरले डेंगु राेग प्रमाणित गरेकाे उनकी आमा उमा दाहालले जानकारी गराईन । राेगकाे उपचार पछि हाल विरामीकाे अवस्थामा सुधार आएकाे छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ५७ बजे