४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

नेपाली कांग्रेस झापाकाे आज चियापान


२६ आश्विन २०७६, आइतबार  

0
Shares

20191013_071237

विर्तामोड २६, असोज / नेपाली कांग्रेस झापाले आज कोजाग्रत पूर्णिममाका दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा विहीबार पार्टी कार्यालयमा सम्पन्न पदाधिकारी तथा उपलब्ध सदस्यहरुको बैठकले पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार शुभकामना आदान–प्रदान तथा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले यसअघि केन्द्रमा मात्रै उक्त कार्यक्रम गर्दै आएको थियो । गत बर्षदेखि प्रत्येक जिल्लाजिल्लामा कोजाग्रत पूर्णिमाका दिन नेपालीहरुको महान पर्व बडा दशैं, शुभदीपावली, छठ, नेपाल संवत् लगायतका महत्वपूर्ण चाडपर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा शुभकामना आदान–प्रदान कार्यक्रम शुरु गरिएको हो । नेपाली कांग्रेसका संस्थापक नेता स्व. वी.पी. कोइरालाले वि.सं. २०३३ सालमा मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएपछि २०३४ सालबाट शुभकामना आदान–प्रदान तथा चियापान समारोहको आयोजना गर्दै आएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संवद्र्धन गर्दै शान्ति र समृद्धिको यात्रामा उत्प्रेरणा भरुन् हाम्रा पर्वहरुले’ भन्ने नारासहित आयोजना गरिने शुभकामना आदान–प्रदान कार्यक्रममा विभिन्न राजनैतिक दलका नेतृत्वहरु, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि, पेशागत संगठन, बुद्धिजीवी, ब्यवसायी, सरकारी कार्यालय तथा गैह्रसरकारी संस्थाका प्रमुखहरु, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायत पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई आमन्त्रण गरिने नेपाली कांग्रेस झापाले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : २५ बजे