१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ताजपुरिया कला संस्कृति विकास समितिकाे प्रथम बार्षिक उत्सव सम्पन्न


२३ आश्विन २०७६, बिहिबार  

0
Shares

20191010_121320

गौरादह / ताजपुरीया कला संस्कृति विकास समितिको प्रथम वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ । गौरादह १ स्थित ताजपुरीया समाज कल्याण परिषदको केन्द्रिय भवनमा सम्पन्न गरिएको कार्यक्रममा ताजपुरीया कला संस्कृति विकास समितिका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसअवसरमा ताजपुरीया समुदायबाट २०७५ सालमा एस.इ.इ परिक्षामा उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीलाई सम्मान समेत गरेको छ । उनिहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

ताजपुरीया समुदायका युवा युवतीहरुलाई शिक्षाप्रति उत्प्रेरणा जगाउने उद्देश्यले यस वर्ष देखि उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको ताजपुरीया कला संस्कृति विकास समितिका सदस्य सकेन्द्र ताजपुरीयाले जानकारी दिनुभयो ।

कार्यक्रममा ताजपुरीया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरीया प्रमुख अतिथि रहेका थिए । ताजपुरीया कला संस्कृति विकास समितिका अध्यक्ष चन्द्र प्रसाद ताजपुरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सकेन्द्र ताजपुरीयाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  ६ : २८ बजे