३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंजमा पनि डमी ट्राफिक, सन्देशसहित जिल्लाभर १९ स्थानमा डमी ट्राफिक


१९ आश्विन २०७६, आइतबार  

0
Shares

1a65193b834a6a68b37986fd2e835ff2.0

गाैरीगंज १९, असाेज / सडक दुर्घटना न्युनिकरण गर्ने उधेश्यले आज गाैरीगंजमा ‘डमी ट्राफिक’ राखिएकाे छ । ट्राफिक प्रहरीकाेे नमुना आकृतिकाे बाेर्ड बनाएर गाैरीगंज क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई प्रवाभकारी बनाउन लागिएकाे हाे ।
अस्थायी ट्राफिक प्रहरी पाेष्टकाे आयाेजनामा भएकाे औपचारिक कार्यक्रममा ट्राफिक प्रहरी गाैरीगंजका ईन्चार्ज भाेला चम्लागाईले ट्राफिक डमीले दुर्घटना न्युनिकरण गर्नमा निकैै सहयाेगी भुमिका खेल्ने भएकाेले गाैरीगंजमा डमी राख्न लागिएकाे बताए । गाैरीगंज गाउँपालिका वार्ड नं.३ का अध्यक्ष मखना महताेले ट्राफिक प्रहरीकाे जनशक्ति गाैरीगंजमा प्रयाप्त नभएकाे अवस्थामा ट्राफिक डमीले त्यसकाे परिपुर्ति गर्नेमा विश्वास लिएकाे बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराई, पुर्व गाैरीगंज क्याम्पस प्रमुख केदार रिमाल, जुराेपानी ऋण तथा वचत सहकारी संस्थाका छत्र चुडाल, सशस्त्र प्रहरी वल गाैरीगंजका प्रहरी निरीक्षक साइमन श्रेष्ठ, युवा नेता निरज अग्रवाललगायतकाे सहभागिता थियाे । ट्राफिक डमी आठमाैजा ऋण तथा वचत सहकारी र जुराेपानी ऋण तथा वचत सहकारी संस्थाले १-१थान साैजन्य गरेका हुन् । त्यसैगरी
“ सडक सभ्याता हाम्रो चाहाना,सुरक्षित यात्रामा सबैको शुभकामना ” सन्देश सहितकाे पर्चा पम्प्लेट वितरण गरिएकाे थियाे । अविर र फुलकाे गुच्छा सहित लामाे तथा छाेटाे दुरीका चालकहरूलाई शुभकामना दिदै सवारी चलाउदा सजक र हाेसियार भएर चलाउने र दुर्घटना हुदा त्यसबाट हुने क्षति र पिडाकाे विषयमा ट्राफिक प्रहरीफे जानकारी गराएका थिए ।

झापाको काँकडभिट्टादेखि गौरीगञ्जसम्मको सडकखण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर ‘डमी ट्राफिक’ का रुपमा राखिएको छ । सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताए ।

उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिकले दिनरात सेवा दिइरहेको अनुभूति गरेको पाइएको बताए ।
दुई हप्ताअघिबाट शुरु भएको सेवाले विशेष गरेर बोर्डले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ । उनले भने, “रातमा टल्किने र छर्लङ्गै ट्राफिक जस्तै देखिने बोर्ड राखिएपछि कुनै पनि दुर्घटना भएका छैनन् ।”

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : ३० बजे