१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिडियाकप फुटसल प्रतियोगिताको उपाधी हरप्रहर मिडियालेे जित्याे


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

20191003_183815

दमक/ झापाको दमकमा विहिबार ( आज) सम्पन्न दोस्रो मिडियाकप फुटसल प्रतियोगिताको उपाधी हरप्रहर मिडियाले जितेको छ भने दमकबाट सञ्चालित पाथीभरा एफएम उपविजेता बनेको छ ।

पाथीभरा एफएमलाई ६–१को गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसंगै विजेताले नगद रु १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता वनेको पाथीभरा एफएमले नगद रु १० हजार,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा कोचिला न्यूज अनलाइनका विशाल थापा ९ गोल गरी हाइस्कोरर उपाधिबाट पुरस्कृत भए भने यस्तै सप्तरङ्गी एफएमका डिकेश लामा उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । सो प्रतियोगिताको उद्घाटन र समापन दुवै कार्यक्रममा संघीय संसद सदस्य महेन्द्र कुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले पहिलो पुरस्कार सौजन्य गरेको छ बताइएको छ भने हाइस्कोरको पुरस्कारको प्रायोजन रोटरी दमकका अध्यक्ष सन्दिप चापागाई र उत्कृष्ट खेलाडीको पुरस्कारको प्रायोजन युवा उद्यमी नवराज न्यौपानेले गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि सांसद लिम्बुले बिजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरिन् । प्रतियोगितामा जिल्लाको माईपश्चिम क्षेत्रका विभिन्न ८ वटा सञ्चार गृहले भाग लिएका थिए ।

त्यस अघि भएको उद्घाटन कार्यक्रममा सांसद लिम्बु, दमक जेसीजका अध्यक्षसमेत रहेका दमक ८ का वडा सदस्य भिमराज चौलागाईं, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईं, प्रेस संगठनका टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटनमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायत विभिन्न सञ्चार गृहका सञ्चालक,पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले वडादशैको अवसर पारेर गतवर्षदेखि जिल्लाको माइपश्चिम क्षेत्रका सञ्चारगृहका सञ्चारकर्मीहरुवीच प्रतियोगितात्मक फुटसलको आयोजना गर्दै आएको युनियनका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  १२ : ५३ बजे