१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा धार्मिक महाेत्सव हुने


१५ आश्विन २०७६, बुधबार  

0
Shares

20191002_211914

गौरादह१५, असाेज / गौरादह नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका धार्मिक संस्थाहरूकाे संरक्षण गर्ने उदेश्यले धार्मिक महाेत्सव संचालन गरिने भएकाे छ। नेपाल मानव धर्म सेवा समित शाखा गौरादहले यस क्षेत्रमा रहेका मठ मन्दिर,कला,संस्कृति र परम्पराकाे संरक्षण तथा जगेर्ना गर्ने उदेश्यले अध्यात्मिक,सांस्कृतिक पर्यटन महाेेत्सव मंसिर महिनामा संचालन गर्ने भएकाे छ।नेपाल मानव धर्म सेवा समितिले गौरादह उद्योग बाणिज्य संघकाे सभाहलमा दशैं तिहार शुभकामना आदनप्रदान कार्यक्रमका साथै धार्मिक महाेत्सव विशेष छलफल कार्यक्रम आयाेजना गरि डा. तिलक खनाललाई महाेत्सबकाे संयाेजक बनाएकाे छ।साेहि भेलाले क्रान्ति दिप काफ्लेलाई महासचिबकाे जिम्मेवारी दिएकाे छ।समितिलाई पूर्णता दिन बिशिस्ट ब्याक्तित्वहरूसँग छलफल र परामर्श गरि अन्य पदाधिकारीहरू छनौट गर्ने आयाेजकले जनाएकाे छ।गौरादह नगरपालिकाका प्रबक्ता तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र भन्डारीले विभिन्न जातजाति भाषाभाषीहरूकाे मिश्रित बसाेबास रहेकाे मुलुकमा धर्म संस्कृति र परम्पराकाे रक्षा गर्न आबश्यक रहेकाे धारणा राखे।सांस्कृतिक सम्पदा यस क्षेत्रकाे सम्पति रहेकाे बताउदै भावी पिडी सन्ततिहरूका लागि समेत बचाउन आवश्यक रहेकाे बताए।जनता मा.बि. गौरादह ब्यबस्थापन समितिका अध्यक्ष श्याम पाेख्रेलले हिन्दु धर्म मासिएमा हाम्राे पहिचाहन सकिने भएकाले धर्मको रक्षा गर्न हामी एकजुट हुनुपर्ने धारणा राखे।हिन्दूहरूकाे बाहुल्यता रहेकाे मुलुकमा अन्य धर्मकाे बिगबिगी बढेकाले हिन्दु धर्मकाे अस्तित्व बचाउन नेपालीहरू सजग हुनुपर्ने धारणा राखे।नेपाल मानव धर्म सेवा समिति गौरादह प्रमुख गौमुखा बाईजीकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।मानव धर्मका केन्द्रीय सचिब समसेर श्रेष्ठ ,दमक शाखा प्रमुख मनाेमा बाईजी,ने.क.पा.का जिल्ला नेता मदन अधिकारी,नेपाली काङग्रेस गौरादह नगर सभापति यादब राज सेडाई, रा.प्र.पा.गौरादह नगर अध्यक्ष शान्तिराम पौडेल,राष्ट्रिय हित एकता मन्च झापा अध्यक्ष युबराज पौडेल लगायतले शुभकामना मन्तब्य राख्दै कार्यक्रमकाे सफलताकाे शुभकामना ब्याक्त गरेका थिए।सान नेपालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा मानव धर्मका सेवा समितिका केन्द्रीय सदस्य राजन बरालले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : ३३ बजे