३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कोच प्रवासी मञ्चको दोस्रो साधारण सभामा रक्तदान


११ आश्विन २०७६, शनिबार  

0
Shares

20190928_164020

गौरीगंज ११, असोज / कोच प्रवासी मञ्च केन्द्रिय समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । गौरीगंज गाउँपालिकाको वार्ड नं. ६ स्थित शिवालय मन्दिरको सभाहलमा रत्तदान कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको हो ।
राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष तथा पूर्व गृहराज्य मन्त्रि भिमराज राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समितिका कोषाध्यक्ष सविता ताजपुरियाले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उनले आम्दानी १ लाख ४५ हजार ४ सय ५५ रुपैया“ आम्दानी र ६४ हजार ९ सय २० रुपैया“ खर्च भएको विवरण प्रस्तुत गरिन् । सोही अवसरमा १४ जनाले रक्तदान गरेका थिए । रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि महेशलाल राजवंशी, समाजसेवी पर्वत रजवंशी, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराई , शसस्त्र प्रहरी वल गौरीगंजका प्रहरी निरीक्षक साइमन श्रेष्ठ, कोच प्रवासी मञ्चका सल्लाहाकार प्रवीन राजवंशी, जयनारायण राजवंशी, सनम राजवंशी, नौताली राजवंशी, तुलसी राजवंशी, हेमन राजवंशी, कर्मचन्द राजवंशी, हिरा राजवंशीलगायतको सहचागिता थियो । कोच प्रवासी मञ्चका अध्यक्ष नारायण ताजपुरियाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत हेमन राजवंशीले गरेकी थिइन भने सञ्चालन सचिव वविता राजवंशीले गरेकी थिइन् ।
pic4
pic2
pic3

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ११ : १३ बजे