१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चाेरी निकासी र भष्ट्राचार नियन्त्रण गर्न झापा प्रजिअकाे प्रतिवद्वता


९ आश्विन २०७६, बिहिबार  

0
Shares

20190926_164350
दमक ९, असाेज / झापाका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले जिल्लामा भईरहेकाे अबैध चोरी निकासी र भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्धता जनाएका छन् । दमकमा आज माईपश्चीम झापाका पत्रकार र दमक नगरपालिकाका केहि जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी रानामगरले सुरक्षा निकायका सुरक्षाकर्मीहरुले अबैध चोरी निकासी धन्दामा सघाईरहेको भनि चौतर्फी गुनासो आएको बताउँदै त्यसलाई नियन्त्रण गर्न मातहतका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

उनले झापाको धेरै भुभाग भारतसंगको खुल्ला सीमामा जोडिएका कारण यहाँ अबैध चोरी निकासीको धन्दा नियन्त्रणमा समस्या रहेको आफूले सुनेको बताउँदै त्यसका बाबजुद सबै नाकाहरुमा कडाइँका साथ निगरानी बढाउन निर्देशन दिए । अन्तरक्रियामा जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरु समेत सहभागी थिए । प्रमुख जिल्ला अधिकारी रानाले गत असोज १ गतेदेखि झापामा आफ्नो जिम्मेवारी सम्हाल्न शुरु गर्नुभएको हो । उनले माईपश्चीम भुगोलका सर्वसाधारणहरुको प्रशासनिक काममा सहजताका लागि सके सम्म आफू हरेक हप्ताको बुधबार इलाका प्रशासन कार्यालय दमकमा आएर कार्यसम्पादन गर्ने पनि बताए ।

सो अवसरमा इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्ण आचार्यले यस क्षेत्रमा रहेको नागरिकता तथा अन्य प्रशासनिक काममा रहेका कानुनी अप्ठ्याराहरुका बारेमा समेत जानकारी गराएका थिए ।
सो अवसरमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले दमकको यातायात तथा ट्राफिक व्यवस्थापनका अतिरिक्त पूर्वपश्चीम राजमार्गको मध्यविन्दुबाट उत्तर दक्षिण दुवै तर्फ ८२÷८२ फिट क्षेत्र खाली गराई आवागमन सहज बनाउनेसहित यातायात तथा ट्राफिक व्यवस्थापन एवम शहरी सुदृढिकरण कार्यविधी २०७५ जारी गरिएको जानकारी गराए । दमक ९ की वडा सदस्य मिना विश्वकर्माले कतिपय महिला तथा बालबालिकाहरु नागरिकता पाउने अधिकारबाट बञ्चित भईरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइन् । कार्यक्रममा दमक ईलाका प्रशासन कार्यालयका यज्ञ आचार्य, डिएसपी श्यामल सुब्बा, शसस्त्र प्रहरीका डिएपी असाेक शाक्यलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ११ : ०९ बजे