३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

एनएमसीकाे गुवालडुब्बामा सहकारी शिक्षा प्रशिक्षण


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

20190906_080900
गौरादह २०, भदाै / नेपाल बहुउद्देश्य सहकारी संस्था सम्पर्क कार्यालय ग्वालडुव्बाले सहकारी सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गौरादह नगरपालिकाको ग्वालडुव्वा बजारमा सञ्चालन गरिएको कार्यक्रममा शेयर सदस्यहरुका साथै अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । मेची नगरपालिकाको काँकड्भिट्टामा प्रधान कार्यालय रहि २०७५ असार १८ गते ग्वालडुव्वामा सम्पर्क कार्यालय खोली सेवा दिदै आएको संस्थाले हालसम्म सय बढी शेयर सदस्यहरु रहेको ग्वालडुव्वा कार्यालय प्रमुख भोलानाथ सुवेदीले जानकारी गराए । संस्थाका सञ्चालक समिति सदस्य डम्वर बहादुर बस्नेतले सहभागीहरुलाई सहकारीका गतिविधि, आर्थिक कारोवार, सहकारीले हाल सम्म गरेको प्रगति विवरण सामाजिक अभियानका बारेमा प्रशिक्षण दिएका थिए । त्यस अवसरमा संस्थाका गौरादह प्रमुख रविन भट्टराई र गौरीगंज प्रमुख प्रदिप लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : २४ बजे