३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मानव वेचविखन विरुद्व गौरीगंजमा र्याली


१८ भाद्र २०७६, बुधबार  

0
Shares

20190904_181733

गौरीगंज १८, भदौ / ‘मानव वेचविखन र ओसारपसार रोकौ, सभ्य समाजको निर्माण गर्ने अभियानमा सबै मिलेर अगाडी बढौ’ भन्ने नाराकासाथ इलाका प्रहरी कार्यालय गौरीगंजले आज मानव वेचविखन विरुद्ध जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
मानव वेचविखन र ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्तरगत गौरीगंज मा.वि. का विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनितिक दल, समाजसेवी, बुद्धिजीवी सुरक्षाकर्मी लगायतको र्यालीले ‘मानव वेचविखन अन्त्य गरौ, शैक्षिक जनचेतना बढाऔ,’ जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्राईले विगतका तीन वर्षको तथ्याङ्क अनुसार ८११ जना अशिक्षित महिला मानव तस्करीमा परेको बताए । उनका अनुसार वेचविखन तथा ओसारपसारमा १ हजार २ सय ९ पिडीतहरु मध्ये ३८५ जना पिडित १९ देखि २५ वर्षका महिलाहरु रहेको पाइएको छ । कार्यक्रममा मानव वेचविखन तथा ओसारपसार तेस्रो ठूलो अपराध उद्योगको रुपमा देखिएको हुुँदा यस अन्र्तगत दासत्व, श्रम शोषण, मानव अंग झिक्ने, लगायतका कार्यहरु मानव विरुद्ध रहेको गौरीगंज गाउपालिका उपाध्यक्ष दिपिन्द्र थापाले बताए । उनले संसार भरिका अन्र्तराष्टिय सिमाहरुमा प्रत्येक वर्ष ६ लाख देखि ८ लाख मानिसहरु मानव वेचविखन तथा ओसारपसारको सिकार हुने गरेको बताउदै त्यस मध्ये ८०५ पिडित महिलाहरु र आधा बालबालिकाहरु तथ्याङ्क रहेको बताए । कार्यक्रममा कुनै प्रकारको ललाइफकाइ प्रलोभनमा पारी, जालसाजी गरी वा करकापमा पारी वेश्यावृद्धिमा लगाउने वा शोषण गर्न लगाउने उद्देश्यले आफनो नियन्त्रण मानव वेचविखन ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुर गरेमा कसुरको अवस्था हेरी ३ महिना
सम्मको कैद र ५ हजार रुपैया जरिवाना र अधिकतम २० वर्ष सम्म कैद र २ लाख रुपैया सम्म जरिवाना रहेको कानुनमा व्यवस्था छ । कार्यक्रममा गौरीगंज गाउपालिका वडा नं. ३ का अध्यक्ष मखना महतो, फुलवती राजवंशी, जयनारायण दास, प्र.अ. गोविन्द घिमिरे, ट्राफिक इन्र्चाज भोजराज चम्लागाई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १२ : ४७ बजे