१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा तीजका अवसरमा१० विपन्न महिलालाई सम्मान


१६ भाद्र २०७६, सोमबार  

0
Shares

20190902_163138

गाैरीगंज १६, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले
आज हरितालिका तीजका अवसरमा १० जना विपन्न तथा पछाडी परेका महिलालाई सम्मानित गरेकाे छ ।
वार्ड नं. ३ काे आयाेजनामा भएकाे तीज विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा वार्ड नं. ३ का अध्यक्ष मखना महताेले उनीहरूलाई साडीसहित सम्मान गरेेेेकाे हाे । सम्मानित हुनेहरूमा बिर्जाली पासवान, माेमाे वती ताजपुरिया, मलवती गिरी, अनाडी देवी महताे, पदम कुमारी खड्का, रेखा नागवंशी, साेनुदेवी महताे, फुलाे देवी साह, जसाेदा देवी महताे र सनमुुुुनी हास्दा छन् ।
हरितालिका तीजका अवसरमा विभिन्न तीज गीतहरूमा महिला दिदी बहिनीहरू तथा विध्यालयका भाईबिहनीहरूले नृत्य गरेका थिए ।
गिता यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशेष अतिथि घनश्याम रिजाल, राम कुमारी पाैडेल, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेेेश प्रसाद भट्टराई, सदस्य सरिता शेर्पा, सुम्नीदेवी पास्वान, श्रवण गिरी, उतम दासलगायतकाे सहभागीता थियाे । वार्ड सदस्य हेमा आचार्यकाे स्वागत रहेकाे कार्यक्रमकाे सञ्चालन कल्पना थापाले गरेकी थिईन् । त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा तीज विशेष कार्यक्रमकाे आयाेजना गरि हरितालिका तीज मनाएका छन् । गाैरीगंज महिला समिति वार्ड नं. ६ ले आयाेजना गरेकाे कार्यक्रममा विभिन्न तीज गितहरू नृत्य गरेका थिए । समितिका अध्यक्ष लक्ष्मी लुईटेलकाेे अध्यक्षमा आयाेजित कार्यक्रममा विभिन्न तीज गीतहरूमा महिलाहरूले नृत्य गरेका थिए । कार्यक्रममा फुलवती राजवंशी, वार्ड सदस्य राधा अधिकारी, उदिम कुमार राई, मुकेश साह, रमकुमारी विकसहभागिता रहेकाे कार्यक्रमकाे सञ्चालन दीक्षा घिमिरेले गरेकी थिइन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ५३ बजे