३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दन्तकाली मन्दिर गाैरीगंजकाे दाेस्राे साधारणसभा सम्पन्न


१३ भाद्र २०७६, शुक्रबार  

0
Shares

20190830_165839
गाैरीगंज १३, भदाै / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे दाेस्राे वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । मन्दिर परिसरमा सञ्चालन गरिएकाे साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा ४ लाख ४४ हजार ६ सय १ रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेपनि ११ हजार ८ सय १ रूपैयाँ बैंक माैज्दात रहेकाे जानकारी गराएका थियाे । त्यस अवसरमा मन्दिरका सल्लाहकार गिता पाेख्रेल, समाजसेवी ज्ञान बहादुर कार्की, मन्दिरमा भजनकिर्तन गरेर सहयाेग गरेका शम्भु खरेल, सतानु काेच र मन्दिरमा विशेष याेगदान पुर्याए बापत मेघराज ताजपुरिया, पुजारी चन्द्र प्रसाद राजवंशीलाई दाेसल्लाह ओढाई सम्मानपत्रकासाथ सम्मान गरिएकाे थियाे । वार्ड नं. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मखनालमहताेले साधारणसभाकाेे उद्घाटन गर्दै मन्दिर व्यवस्थापन तथा निर्माणका लागि चाहिने आवश्यक सहयाेग सदैव गर्ने बताए ।
त्यस अवसरमा समाजसेवी विश्वराज रिजाल, वार्ड सदस्य हेमा आचार्यलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष गिता यादवले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सचिव रामनारायण दासले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : १३ बजे