२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गाैरीगंजमा पहिलाे पटक रथयात्रा


७ भाद्र २०७६, शनिबार  

0
Shares

20190824_101629
गाैरीगंज ७, भाद्र / ऐतिहासिक तथा पहिलाे पटक गाैरीगंजमा भगवान् श्री कृष्ण रथयात्रा भव्य रुपमा मनाउने तयारी भइरहेको छ । गाैरीगंजकाे पहिचान र ईतिहासमा थप एक ईट्टा थप्दै कृष्णजन्माष्टमीकाे अवसर पारेर रथयात्रालाई सभ्य र भव्य बनाउने उद्देश्यले खजुरगाछी नागरिक समाजले व्यवस्थापन गरेकाे छ । समितिले पहिलाे बर्ष गाडामा भगवान श्री कृष्णकाे मुर्ति राखि रथयात्रा निकाल्ने र गाैरीगंज बजार परिक्रमा गर्ने तालिका तयारी भइरहेको श्रीकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष मुकेश साहले जानकारी दिए । रथ सजाउने काम सम्पन्न भईसकेकाेले दिउसाे १ बजेदेखि रथयात्रा शुभारम्भ गरिने उनले बताए । यता रथयात्रालाई शान्तिपूर्ण बनाउन प्रहरी समेत परिचालन गरिने जनाएकाे छ । यसबर्ष पहिलाे पटक भएकाेले छाेटाे दुरीमा रथयात्रा गरिने भएकाे हुदा खजुरगाछीकाे राधाकृष्ण मन्दिरदेखि शुरू भई खजुरगाछी बजारकाे मुल सडक हुलाकी बाटाे हुँदै बुधबारेे बजार, गाैरीगंज चाैक, पुन: खजुरगाछी बजार हुँदै महेन्द्रनगर बस पार्क, वार्ड नं ६ काे कार्यालय हुदै भारू चाैक हुँदै मुल सडक हुलाकी मार्ग आई पुनः राधाकृष्ण मन्दिर सम्म रथ पुग्ने छ । त्यसैगरी झापाको दमक र गाैरादहमा समेत रथयात्र निकाल्ने तयारी भइरहेको छ । यसै अवसरमा गाैरीगंज संवादले प्रत्यक्ष फेसबुक लाईभ देखाईने जनाएकाे छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ४ : ३१ बजे