५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कार्वाहीका लागि अख्तियारमा गाउँपालिकाकाे सिफारिस पत्र


३० श्रावण २०७६, बिहिबार  

0
Shares

FB_IMG_1565888591507

गाैरीगंज ३०, साउन / फर्जि कागज र हस्ताक्षर प्रयाेग गरि रकम निकासा गरेकाे भन्दै स्थानियहरूले कानुनी कार्वाहीका लागि निवेदन दिएपछि गाैरीगंज गाउँपालिकाले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग इटहरीमा छानवीनका लागि सिफारिस पत्र पठाएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं२ काेराेवारीका माङ्सावा कृषक समूह, कन्काई विपद कृषक समूह र तुलाचन कृषक समूहलाई छानवीन गरि कार्वाहीका लागि गाउँपालिकाले ईमेल र हुलाक मार्फत आयाेगमा सिफारिस पत्र पठाएकाे हाे ।

कृषि ज्ञान केन्द्र चन्द्रगढी झापाले चैते धानबाली लगाएका किसानलाई प्राेत्साहन स्वरूप गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारीका उत्त तीनवटा कृषक समूहमार्फत ६ हजार ६ सय ६६ रूपैयाँ उपलब्ध गराएकाे थियाे । तर उत्त रकम सम्बन्धि किसानकाे हातमा नपरेकाे , फर्जी कागज र हस्ताक्षर गरि रकम निकासा गरी रकम दुरूपयाेग गरेकाे भनी किसानहरूले विराेध गर्दै आएका छन् । ४२ जना हस्ताक्षरित निवेदन गाउँपालिकामा परेपछि साेही अनुरूपकाे सिफारिस पत्र गाउँपालिकाले कार्वाहीका लागि आयाेगमा पठाएकाेमा किसानहरू कानुनी कार्वाही हुनमा ढुक्क छन् ।
उता अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग इटहरी पुगेर किसानहरू आफै उजुरी दर्ता गराएकाे श्याम न्याैपानेले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ५ : ५३ बजे