१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मानसरोवर कृषि सहकारी संस्थाले धान क्लस्टर घोषण गर्यो


२७ श्रावण २०७६, सोमबार  

0
Shares

1234
दमक २७ ,साउन
मानसरोवर कृषि सहकारी संस्था दमकले आज धान क्लस्टर घोषण कार्यक्रम गरेको छ ।
दमक ३ को आमचोक देखि पश्चिम भुल्के पानी क्षेत्रको किसानहरुको खेतलाई क्लष्टर घोषण गरेको हो । मानसरोवर कृषि सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान सुपरजोन परियोजना मार्फत दमक ३को आमचोकदेखि पश्चिम भूल्केपानी क्षेत्रको खेतीलाई कलस्टर घोषण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाको मेयर रोमनाथ ओलीले क्लष्टर घोषण कार्यक्रममा बोल्दै कृषकहरु समृद्ध भए मात्र मुलुक समृद्ध हुने बताउनु भयो । धानको क्लस्टर क्षेत्रमा दुईवाली धान लगाएर धेरै आम्दानी लिन सबै किसानलाई मेयर ओलीले आग्रह गर्नु भयो । कार्यक्रममा उपमेयर गीता अधिकारीले खेतीमा आई पर्ने समस्यालाई सामधान गर्दै धानको उत्पादनलाई वृद्धि गर्नु पर्ने बताउनु भयो ।
दमक ३ नम्वर वडाका वडाअध्यक्ष नविन बरालले कसैलाई केही समस्या नआउने गरी धान खेतीको क्लस्टरलाई पुरा गर्न वडा कार्यालयले सहयोग गर्ने बताउनु भयो । मानसरोवरका अध्यक्ष विश्वनाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दमक ३ का वडा कमिटी अध्यक्ष चन्द्र गुरागाई , किसानहरु सुमन नेपाल , प्रेम भण्डारी लगायतले गरा मिलाउने समस्याको सामधान गर्दै खेती वाँझो नराखी धान उत्पादनलाई वृद्धि गर्नु पर्ने लगायतका बिषयमा जोड् दिनु भएको मानसरोवर कृषि सहकारीका ब्यवस्थापक महेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
सहकारी अध्यक्ष वरालले क्लस्टरको बारेमा जानकारी दिदै ४सय विगाहामा गरा सुधार , सिचाईको ब्यवस्था , गोदामको ब्यवस्था , यन्त्रको प्रयोग किसानको लगानी र माटो परीक्षण लगायतका काम अब अघि बढने बताउनु भयो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : २९ बजे