५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बिर्तामोड नगरपालिका स्थित ७,८,९ को संयुक्त वडा कार्यालयमा आज बिहान प्रेसरकुकर बम बिस्फाेट


२७ श्रावण २०७६, सोमबार  

0
Shares

20190812_070634
बिर्तामोड २७, साउन /
बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ । गरामनी स्थीत बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा आज बिहान करीब ४ः३० बजेको समयमा बम बिस्फोट भएको झापा जिल्ला प्रहरी प्रबक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्रबक्ता श्रेष्ठका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको छ । बिस्फोटबाट अन्य क्षतिका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।
बिस्फोट भए लगत्तै घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान शुरु गरेको भए पनि बिस्फोट कसले गराएको हो भन्ने यकिन नभएको डिएसपी श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार बिस्फोट गराईएको बमका बारेमा समेत अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : २० बजे