१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासीहरूको शक्ति प्रदर्शन, रंगशालाकाे नाम नसच्चिए आन्दाेलन हुने चेतावनी


२५ श्रावण २०७६, शनिबार  

0
Shares

20190810_074403

गाैरीगंज २५, साउन/ आदिवासी रंगशालाको नामाकरणमा राज्यपक्षबाट सुनियाेजित ढंगबाट मदन भण्डारी स्मृति रंगशाला बनाउन खोजिएको भन्दै झापाली आदिवासीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । विश्व आदिवासी दिवसकाे अवसर पारेर शुक्रबार आदिवासीहरुले आफ्नो हक अधिकार सुनिश्चीतताको माग गर्दै मुख्यमन्त्री राईलाई आफूहरुलाई आदिवासी रंगशाला नै चाहिएको धारणा सार्वजनिक गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापा सहित जिल्लाका १५ वटै स्थानीय तहका शाखाहरुको सहभागितामा कमल गाउँपालिका वार्ड नं ५ स्थित लखनपुरमा आयोजना गरिएको थियो ।
आदिवासी रङ्गशालाको नाम परिवर्तन गरेर मदन भन्डारी रङ्गशाला राख्ने स्थानीय र सङ्घीय सरकारको प्रयास विरुद्ध आन्दोलित हुने चेतावनी दिँदै आएको महासंघले आदिवासी दिवस कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा लिँदै मुख्यमन्त्रीलाई संघीय र स्थानीय सरकारबाट रंगशालाको नाम परिवतर्नको प्रयासको विरोध जनाएका हुन् ।
आदिवासी रङ्गशालाको नाम परिवर्तन नगराउन दबाव दिँदै विभिन्न जातीय संस्था र पहिचान पक्षधर राजनीतिक शक्तिहरुले पनि पटक पटक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।

सो कार्यक्रमा प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री राईले आदिवासी रंगशालालाई सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने र यसैको एक छेउमा आदिवासी जनजाती स्मृति पार्क र संग्रहालय निर्माण गर्ने योजना रहेकाे बताए ।

कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाली काङ्ग्रेस महासमिती सदस्य देउमान थवेले देशलाई बर्तमान सम्म ल्याउनको लागि विभिन्न आन्दोलन झापाबाट नै सुरु भएको र यदि यो आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गर्ने कसैले पनि सोच बनाएमा त्यसको विरुद्धमा एउटा अर्को आदिवासी जनजाति आन्दोलन झापा बाटै सुरु हुने प्रदेश सरकार, र संघिय सरकारलाई चेतावनी दिए । कार्यक्रममा बोल्दै नेता मदन भन्डारीलाई यो विवादमा मुसेर सरकार र नेकपाले गल्ती गरेको र यो कदम माफी मागेर सचिन आग्रह गरे । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति झापाका अध्यक्ष भरतकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : ०३ बजे