७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

पूर्वाधारमा केन्द्रित बजेट, केन्द्र र प्रदेशसंग पनि पूर्वाधार विकासकै लागि वढी वजेट माग


२० श्रावण २०७६, सोमबार  

0
Shares

gaupalika bajet

गौरीगंज २०, साउन / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । चौथो गाउँसभाले गाउ“पालिका भित्र रहेका भौतिक संरचना, मर्मत तथा निर्माणमा कुल वजेटको ६१.४८ प्रतिशत रकम विनियोजन गरेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको कुल वजेट ५२ करोड ७ लाख २३ हजार मध्ये गाउँपालिका स्तरिय र वडा स्तरिय गरी भौतिक संरचना, मर्मत तथा निर्माणमा ३३ करोड ८६ लाख रुपैयाँ वजेट छुट्याइएको हो । गाउँपालिका स्तरिय वजेटको सडक पूर्वाधार विकासमा ४ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । कृषि विकास कार्यक्रमका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ वजेट छुट्याएको छ जुन सडक पूर्वाधार वजेट भन्दा निकै कम छ । त्यसैगरी शिक्षामा ७५ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका कुल बजेटमा पुजगिततर्फ १५ करोड ९५ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । गाउ“पालिकाले कुल बजेटको ७ करोड ६६ लाख रुपैयाँ चालु खर्च तर्फ विनियोजन गरेको छ । गाउँपालिकाले आगामी वर्षको लागि विनियोजन बजेटमा सडक तथा पुल कल्भर्ट निर्माणका कार्यक्रममा पहिलो प्राथमिकता राखेको देखिन्छ ।
गाउ“पालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सार्वजनिक गरेको नीति कार्यक्रम तथा वजेटमा पनि गाउ“पालिका भित्र रहेका मुख्य सडक विस्तार सहित कालोपत्रे गर्न, खोलामा पक्की पुल, झोलुङ्गे पुल, तटवन्धन, सिमसार, सामुदायिक भवन र धार्मिक तथा पर्यटकीय स्थल निर्माण गर्न केन्द्रिय सरकारसंग योजना माग गर्ने उल्लेख गरिएको छ । खेल मैदान निर्माण र व्यवस्थापन, आवश्यक ठाउ“मा प्रहरी चौकी भवन, आयुर्वेदिक औषधालय, भवन, कल्भर्ट, कृषि बजार टहरा निर्माण, विपन्न आवास कार्यक्रम, सडक सौर्य वत्ती जडान कार्यक्रममा प्रदेश सरकारसंग माग गर्ने जनाएको छ ।
गाउँपालिकाको चौथो गाउँसभाले राजस्वतर्फ १७ करोड ५७ लाख ३२ हजार र आन्तरिक सरकारी वित्तीय हस्तान्तरणबाट ३४ करोड ४९ लाख ९१ ह्जार आम्दानी हुने बजेटमा उल्लेख गरिएको छ । गाउँसभाबाट गाउँपालिका भित्र गरिबी निवारण, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने विषयलाई प्राथमिकता दिदै निती तथा कार्यक्रममा समावेश गरिएको छ । स्थानिय जिवनस्तर उकास्ने, आय आर्जन वृद्वि हुने, रोजगारीका अवसर सिर्जन गर्न सकिने विषयलाई पनि प्राथमिकतामा राखि वजेट विनियोजन गरिएको छ । वजेटमा दिगो विकास, वातावरण संरक्षणलाई सघाउ पुर्याउने विषयवस्तुलाई पनि समेटिएको छ ।
भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना गर्न कार्यक्रमसहित वजेट विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्षका लागि कृषि विकास, पशु विकास, शैक्षिक, स्वास्थ्य सेवा, युवा तथा खेलकुद विकास, संस्कृति तथा पर्यटन, उद्योग वाणिज्य, सहकारी सञ्चार, आर्थिक विकास, विपद व्यवस्थापनलगायतका विषयमा वजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ०८ बजे