२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

छात्रवृत्ति उपलब्ध गराईदिन क्याम्पसले गाैरीगंज गाउँपालिकासंग गर्याे माग


१५ श्रावण २०७६, बुधबार  

0
Shares

20190731_221814
गाैरीगंज १५, साउन / गाैरीगंज बहुमुखी क्याम्पस गाैरीगंजले ११ र १२ कक्षामा भर्ना हुने विध्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराईदिन गाैरीगंज गाउँपालिकासंग माग गरेकाे छ ।
गाैरीगंज बहुमुखि क्याम्पसका प्रमुख सर्वतलाल राजवंशीकाे अगुवाईमा गएकाे एक टाेलीले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई माग पत्र बुझाउदै क्याम्पसमा भर्ना हुन आउने विपन्न आदिवासी जनजाति, दलित, पिछडिएका विध्यार्थीलाई लाग्ने भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कलाई छात्रवृत्ति सरह उपलब्ध गराईदिन टाेलीले माग गरेकाे हाे ।
टाेलीमा क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, पुर्व क्याम्पस प्रमुख केदार रिमाल, पार्टी प्रतिनिधि विष्णु न्याैपाने, प्राचार्य, सञ्चालक समिति सदस्यलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ४ : ३६ बजे