गौरीगंज १५, साउन / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७६ / ०७७ को लागि ५२ करोड ७ लाख २३ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा लगभग ८ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा चौथो गाउँसभा सम्पन्न भएको करिब एक महिना पछि बजेट सार्वजनिक गरेको हो । बजेट सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडा नं. ५ का अध्यक्ष विजय कुमार सिंह, कार्यपालिका सदस्य जेठा मुमू, वडा सदस्य राजेन्द्र ताजपुरिया उपस्थित रहेका थिए ।
‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगंजको समुन्नति’ नारा तय गरेको गाउँपालिकाकाले चालु खर्च तर्फ ७ करोड ६६ लाख रुपैयाँ, पुजिगत खर्चतर्फ १५ करोड ९५ लाख ५३ हजार रुपैयाँ, गत आ.व. को दायित्व उपभोक्ता समिति तथा अन्य खरिद २ करोड ८५ लाख, गत आ.व. को दायित्व ठेक्का तथा खरिद २ करोड १० लाख, गत आ.व.को श्रोत सुनिश्चित कार्यक्रम २ करोड ५५ लाख ७० हजार, सामाजिक सुरक्षा ८ करोड र सर्शत १२ करोड ९५ हजार रुपैया“सहित बजेट सार्वजनिक गरिएको थियो ।
गौरीगंज गाउँपालिका चौथो गाउँसभाबाट सार्वनिक गरेको नीति र कार्यक्रम अनुसार गौरीगंज क्षेत्र विकासोन्मुख कै अवस्थामा रहेकाले सडक, पुल कल्भर्ट निर्माण, भन्सार कार्यालयलाई स्तारन्नोति गर्ने पहलका साथै यस क्षेत्रका वासिन्दाको जिवन स्तर उकास्न कृषि, शिक्षा, स्वास्थ्य, पशुलगायत क्षेत्रलाई समेटेर बजेट सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको ६ वटै वडालाई अलग अलग गरी वजेट सिलिङ्गमार्फ सम्बोधन ,गरिएको छ ।
गाउँपालिकाको १ नं. वडाको लागि ८० लाख रुपैयाँ वजेट विनियोज गरिएको छ भने वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६४ लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ६० लाख, वडा नं. ६ लाई ६४ लाख रुपैयाँ बजेट विनियोज गरिएको छ ।
सार्वजनिक गरिएको बजेटमा गाउँपालिकाले गाउँपालिका स्तरिय बजेटमा निम्न अनुसार बजेट जिनियोजन गरिएको छ ।
१. सडक पूर्वाधारमा ३ करोड ६० लाख रुपैया
२. पुल तथा कल्भर्ट निर्माणमा ८० लाख रुपैयाँ,
३. कृषि विकास कार्यक्रमतर्फ बागवानी विकास, बाली संरक्षण कार्यक्रम, कषि औजार उपकरण वितरण कार्यक्रम, बालि विकास कार्यक्रम, कृषि प्रसार कार्यक्रम, किट विकास कार्यक्रम गरी कुल ५० लाख रुपैयाँ बजेट
४. पशु विकास कार्यक्रका लागि २५ लाख रुपैयाँ
५. लैंिगक समानता तथा समावेशिकरण कार्यक्रम अन्तर्गत
१. महिला विकासका लागि १० लाख रुपैयाँ
२. बालबालिकाका लागि १० लाख रुपैयाँ
३.अपांगताका लागि ३ लाख
४. दलितका लागि ३ लाख
५. आदिवासी जनजातीका लागि ५ लाख
६. न्यायिक समिति संचालन तथा तालिम गोष्ठिका लागि ५ लाख
७. मधेशी मुस्लिम तथा पिछडावर्गका लागि ३ लाख
८. शिशु तथा सुत्केरी स्याहार कार्यक्रमका लागि १० लाख
६. स्वास्थ्य विकास कार्यक्रम अन्तर्गत जम्मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमा स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक भत्ता रु ५०० का दरले गरी २ लाख ४० हजार रुपैया“ छुट्टयाइएको छ ।
७. युवा तथा खेलकुद कार्यक्रमका २० लाख रुपैयाँ
८. पर्यटन तथा संस्कृति विकासका लागि ३० लाख रुपैयाँ
९. सहकारी विकास कार्यक्रमका लागि ५ लाख रुपैयाँ
१०. शहरी विकास तथा भवन निर्माणकाम लागि ८२ लाख रुपैयाँ
११. साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक भवन निर्माण १ नं. वडाका लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने गेउरिया खोलामा ट्रष्ट निर्माण बाह्रसुदीमा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
१२. शैक्षिक कार्यक्रमका लागि ७५ लाख रुपैया“
निति तथा कार्यक्रम वजेटको पुर्ण पाठ
“कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति ः
पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति”
यस गौरीगञ्ज गाउँपालिकाको गरिमामय चौथो गाउँसभामा तेश्रो पटक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउदा अत्यन्तै आभारी प्रकट गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न गर्न विभिन्न समयमा भएमा आन्दोलनहरुमा सहादत प्राप्त गर्नु हुने ज्ञातअज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
स्थानीय तहको निर्वाचन पश्चात २० वर्षसम्म जनप्रतिनिधिविहिन भई संचालन भईरहेको स्थानीय तहहरुको समग्र विकासमा जनप्रतिनिधिहरुको भुमिका स्थापित गर्नुपर्ने आवश्यकता रहेको छ । स्थानीय तहको निर्वाचन भएको २ वर्ष पुरा भएको अवस्थामा हालसम्मको अवधिमा सम्पूर्ण जनप्रतिनिधिहरुको तर्पmबाट सम्पूर्ण गाउँपालिका बासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु, कर्मचारी मित्रहरु, विभिन्न संघसंस्थाहरु, प्रदेश सरकार तथा संघीय सरकारलाई हाम्रो काममा निरन्तर साथ सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
गौरीगञ्ज गाउँपालिका गाउँबासीको विश्वास जित्दै र अपेक्षा पूरा गर्दै जनताको सेवा, सुविधा, सुरक्षा, समृद्धि र सुखशान्तिका लागि निरन्तर प्रयत्नरत रहनेछ । लोकतन्त्र प्रतिको पुर्ण प्रतिबद्धता, सुशासन, जनउत्तरदायी प्रशासन, पारदर्शीता तथा जवाफदेहीता सहित भ्रष्टचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणमा प्रतिबद्ध रहनेछौ । जनताका असिमित आवश्यकता तथा न्यून श्रोतका बिच तादात्म्यकता कायम गरी जनताको प्रत्यक सहभागिता र सहकार्यमा गाउँको विकास तथा सामाजिक रुपान्तरणका लागि योजनाबद्ध विकासको प्रक्रिया अघि बढाउन प्रयत्नशिल रहनेछौ । साथै आ.ब. २०७५÷७६ मा गरिएका प्रमुख कार्यहरु प्रस्तुत गर्ने चाहन्छु ।
आ.ब. २०७५र ७६ मा गरिएका प्रमुख कार्यहरु
– कृषि तथा पशुपालन गरिएका कृषकहरुलाई पेशा प्रति प्रोत्साहित गर्न अनुदानको व्यवस्था गरिएको ।
– कृषि औजारहरु अनुदान तथा साझेदारीमा कृषकहरुलाई वितरण गरिएको ।
– विभिन्न धार्मिक स्थलहरुको पूर्वाधारमा निर्माणमा लगानी गरिएको ।
– विभिन्न स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा विभिन्न वडाहरुमा स्वास्थ्य शिविर संचालन गरिएको साथै सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको ।
– लक्षित वर्गहरुको कार्यक्रम तर्पm विभिन्न सिपमुलक तालिमहरु संचालन गरिएको ।
– वडास्तरीय तथा विद्यालयस्तरमा खेलकुद प्रतियोगिताहरु संचालन गरिएको ।
– सडक पूर्वाधारतर्पm कालोपत्रे गर्ने कार्य प्रारम्भ गरिएको साथै विभिन्न सडकहरुमा आवश्यक कल्भर्ट तथा पुल निर्माण गरिएको ।
– गाउँपालिका भित्र विद्युत विस्तार नभएको क्षेत्रमा वडास्तरमा विद्युत विस्तारको कार्य शुरुवात गरिएको छ भने सौर्य उर्जातर्पm सडक सौर्य बत्ति तथा सोलार सिचाइ पम्पको जडान गर्ने कार्य शुरुवात गरिएको ।
– विपद् व्यवस्थापनतर्पm विपद् परेका व्यक्ति तथा घरपरिवारहरुलाई न्यून रकम भएपनि राहत वितरण गरिएको ।
– गौरीगञ्ज तथा खजुरगाछी चौकमा सिसि क्यामरा जडान गरी त्यसको रेखदेख तथा नियन्त्रण गर्ने कार्य ईलाका प्रहरी कार्यालयबाट संचालन गरिएको ।
– वडा नं. १, ३, ४, ५ र ६ मा फ्रि वाइफाइ सेवा संचालन गरिएको ।
– गाउँपालिका, वडाकार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा ईहाजिरी शुरुवात गरिएको ।
– यस गाउँपालिकाले सहारा नेपाल, तराइ मधेश समृद्धि कार्यक्रम, सार्वजनिक पूर्वाधार निर्माण साझेदारी कोष तथा जनता आवास निर्माण कार्यक्रम आदिको समन्वय र सहकार्यमा विपन्न आवास निर्माण कार्य शुरुवात गरिएको ।
– यस गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको गाउँ कार्यपालिकाको कार्यालय भवनको तला तथा तथा कम्पाउण्डवाल लगाउने कार्य भएको ।
– यस गौरीगञ्ज गाउँपालिकाको गाउँसभा तथा कार्यपालिकाबाट ऐन, नियम तथा कार्य्विधिहरु पारित गरी राजपत्रमा प्रकाशन गर्ने कार्यको शुरुवात गरिएको ।
१. वार्षिक बजेट तथा कार्यक्रम तर्जूमा गर्दा अवलम्बन गरिएका आधारहरु ः
वार्षिक बजेटको प्रक्षेपण तथा तर्जूमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन २०७४, महालेखा परीक्षकबाट स्वीकृत एकिकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४ र गौरीगञ्ज गाउँ कार्यपालिकाबाट स्वीकृत ऐन, नियमावली, स्थानीय राजश्व परामर्श समितिको सिफारिश तथा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदानलाई मुख्य आधार मानिएको छ ।
२. अवलम्बन गरिएका प्रमुख नीतिहरु ः
१. स्थानीय आवश्यकता तथा प्राथमिकताका आधारमा सन्तुलित वितरणलाई मध्यनजर राखी आयोजना तथा कार्यक्रम छनौट गरिनेछ ।
२. यस गाउँपालिकाको गौरबका आयोजनाहरु छनौट गरी संचालन गरिनेछ ।
३. गरीबी निवारणमा टेवा पु¥याउने योजनाहरुलाई कार्यक्रममा समावेश गरिनेछ ।
४. गाउँपालिकाको श्रोत, साधनले धान्न नसक्ने योजना तथा कार्यक्रम प्रदेश सरकार तथा संघीय सरकारसँग माग गर्ने नीति लिएको छ ।
५. गाउँपालिकाको आवधिक योजनाले लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने योजनालाई प्राथमिकता दिने नीति लिएको छ ।
६. बजेट तर्जूमा गर्दा विषय क्षेत्रगत बजेट सीमा निर्धारण गरी सोहीबमोजिम योजना छनौट गर्ने नीति लिएको छ ।
७. भौतिक पूर्वाधारतर्पmको योजनागत कार्यक्रमहरु (तेश्रो चौमासिकमा संचालन गरिने कार्यक्रमहरु) बैशाख मसान्तसम्म सम्झौता गरिसक्नु पर्ने व्यवस्थालाई कडाइको रुपमा लागू गरिनेछ । साथै संचालित योजनाहरु जेष्ठ मसान्तसम्म सम्पन्न गर्न प्रोत्साहित गरी आषाढ महिनामा पूर्वाधार निर्माण तर्पmका योजनाहरुको संचालन गर्न निरुत्साहित गरिनेछ ।
८. गौरीगञ्जमा रहेको छोटी भन्सारलाई स्तरोन्नती गरी विकास तथा विस्तार गर्न तथा कुञ्जिबारीमा रहेको छोटी भन्सार संचालनका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
९. गौरीगञ्ज गाउँपालिकाको विकास तथा निर्माणमा मुख्य पूर्वाधार विकासको रुपमा रहेको हुलाकी सडक निर्माण र सो सडकमा रहेका पुल, कल्भर्ट लगायतका पूर्वाधार कार्यलाई सम्पन्न गर्न सम्बन्धित निकाय र उपल्लो सरकारसँग आवश्यक व्यवस्था मिलाउन प्रयत्न गरिनेछ ।
१०. गौरीगञ्ज गाउँपालिकालाई आधुनिक नमूना शहर निर्माणको लागि नयाँ शहरी आयोजना, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, प्रदेश सरकार र सघीय सरकारसँग आवश्यक व्यवस्थापन तथा कार्य सञ्चालन गर्न अनुरोध गर्ने नीति लिइनेछ ।
आर्थिक विकास नीति
१. कृषि ः
१.१ स्थानीय सम्भाव्यता, तुलनात्मक लाभ तथा विशिष्ट अवसरको उपयोग गरी उपयुक्त कृषि प्रविधिहरूको विकास, प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व बढाइनेछ । साथै कृषिको व्यवसायीकरण तथा विविधिकरणमा जोड दिई आय आर्जन तथा रोजगारका थप अवसरहरू सृजना गरिनेछन् ।
१.२ वैज्ञानिक भू–उपयोग प्रणालीको उपयोग गरी उर्वरा कृषि भूमिलाई गैर कृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिनेछ । साथै संघीय सरकारले निर्माण गर्ने भूउपयोग नीतिको अवलम्बन गरिनेछ ।
१.३ सिँचाई सुविधा, कृषि सडक, ग्रामीण विद्युतीकरण र उपयुक्त कृषि प्रविधिको विकास तथा विस्तार गरिनेछ । सिँचाई, सडक तथा विद्युतीकरण सुविधा भएका क्षेत्रमा उपलब्ध प्रविधिको सघन र व्यापक उपयोग गराइनेछ ।
१.४ प्रमुख उत्पादन सामग्रीहरू (उन्नत पशु, पंक्षी, माछा भूरा, जैविक मल एवं बीउ बिजन आदि) को लागत साझेदारीको आधारमा अनुदानको व्यवस्था गरिनेछ ।
१.५ स्थानीय तहमा कृषकहरूको क्षमता सुधारका लागि कृषक वर्गकै माग अनुसारका तालीम कार्यक्रममा विशेष जोड दिइनेछ ।
१.६ पशु, बाली बीमा कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई प्रोत्साहित गरिनेछ । साथै रासायनिक मलको प्रयोगलाई निरुत्साहित गरी प्राङ्गारिक खेती ९इचनबलष्अ ाबचmष्लन० लाई प्रोत्साहन गरिनेछ ।
१.७ प्रदेश सरकारको नीति बमोजिम प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा संचालन गरिने एक स्थानीय तह एक उत्पादनलाई प्राथमिकता दिइनेछ ।
१.८ हरेक वर्ष गाउँपालिका भित्रका उत्कृष्ट किसानलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
१.९ सुख्खा जमिनमा सामुहिक तथा व्यक्तिगत सिचाईका उपकरण जडान गर्न अनुदानको व्यवस्था मिलाइनेछ ।
१.१० कृषि मेला तथा प्रदर्शनीलाई प्रोत्साहित गरिने छ ।
१.११ कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ । साथै गौरादह न.पा.मा अवस्थित कृषि क्याम्पसमा बि.एस्सी. एजी. अध्ययनका लागि गौरीगञ्ज गाउँपालिका क्षेत्रका कम्तिमा दुईजना विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइनेछ ।
१.१२ गाउँपालिका स्थित कृषक समुहहरु दर्ता गरी समुह कार्यलाई प्रोत्साहित गरिने नीति लिइनेछ ।
१.१३ हाल संचालित स्थानीय हाटबजारलाई कृषि बजारको रुपमा स्थापित गर्ने प्रयास गरिनेछ ।
१.१४ कृषकहरुको उत्पादित वस्तुहरुको लागत र बिक्री मूल्य सहित अनुपातको सन्तुलित व्यवस्थापनका लागि पहल गरिने नीति लिइनेछ । साथै कृषि उपजहरुको भण्डारणका लागि कोल्ड स्टोर निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
२. पशु
२.१ व्यावसायिक पशुपालन व्यवसायमा जोड दिइनेछ ।
२.२ युवा लक्षित कार्यक्रम अन्तर्गत गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा पालन व्यवसायलाई उत्पादनको आधारमा प्रोत्साहन गरिनेछ ।
२.३ नस्ल सुधारमा जोड दिदै उन्नत नस्लको विकासवाट कृषकमा आय आर्जन गरि आम्दानी बढाउन प्रोत्साहन गरिनेछ ।
२.४ चिस्यान केन्द्रहरु स्थापना गरी दुध तथा दुग्ध पदार्थको बजार सुनिश्चित गराउने कार्यक्रमहरु साझेदारी कार्यक्रम गरिनेछ ।
२.५ स्थानीय बजारमा माछा मासु पसललाई व्यवस्थित गर्ने कार्य अघि बढाइनेछ ।
२.६ पशुपंछीपालन सम्बन्धी आवश्यक तालिमहरु संचालन गरिनेछ ।
२.७ पशु आहारा विकासका लागि हिउँदे, वर्षे, बहुवर्षे घासका विउ तथा विरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२.८ पशुपन्छीमा लाग्ने विभिन्न रोग विरुद्द खोप सेवा संचालन गरिनेछ ।
२.९ प्रत्येक वडामा वर्षमा १ पटक पशु स्वास्थ्य शिविर संचालन गरिनेछ ।
३. पर्यटन
३.१ यस गाउँपालिका भित्र निर्माण गर्न सकिने सिमसार क्षेत्रहरुको विकास गर्न आवश्यक पहल तथा विस्तृत अध्ययन गरिनेछ ।
३.२ यस गाउँपालिका क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक पर्यटन प्रवर्दन गर्ने कार्यलाई अगाडी बढाइनुका साथै गाउँ क्षेत्रभित्रमा महत्व राख्ने संस्थागत विभिन्न धार्मिक मठ मन्दिरहरुको संरक्षण लगायत भौतिक पूर्वाधार विकासको कार्यलाई निरन्तरता दिईनेछ ।
३.३ यस गाउँपालिका भित्र विस्तार गर्न सकिने पर्यटकीय क्षेत्रहरुको पहिचान, विकास र प्रवद्धन गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेछ ।
४. उद्योग ः
४.१ जिल्ला घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता हुदै आईरहेको उद्योग दर्ता सम्बन्धी कार्य गाउँपालिकाबाट अद्यावधिक गरी अभिलेखिकरण गरिनेछ ।
४.२ दर्ता नभई संचालनमा रहेका उद्योग तथा व्यवसायलाई दर्ताको दायरामा ल्याइनेछ ।
४.३ स्थानीय सीप, श्रोत र साधनको प्रयोग हुने घरेलु तथा साना उद्योगहरुको संचालन र विस्तारमा आवश्यक सहयोग र प्रोत्साहन गरिनेछ ।
४.४ संघीय सरकारले अघि सारेको निजी क्षेत्रसंगको सहभागितामा उद्योग ग्राम स्थापनाका लागि सहजिकरण गरिनेछ ।
४.५ यस गाउँपालिका क्षेत्रमा संचालित साना तथा घरेलु उद्योगहरुलाई आवश्यक सिप, क्षमता अभिवृद्धिका लागि प्रोत्साहित गरिने साथै सीप र प्रविधिमा अनुदानको व्यवस्था गरिनेछ ।
५. सहकारी ः
५.१ गाउँपालिका भित्र रहेका सवै सहकारीहरुको विवरण अद्यावधिक गरी अभिलेखिकरण गरिनेछ ।
५.२ एक सहकारी एक उत्पादन अभियानमा सहकारीहरुलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरुमा साझेदारीको रुपमा सहभागी गराउन प्रेरित गरिनेछ ।
५.३ सहकारीलाई आवश्यक सिप क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिनेछ ।
सामाजिक विकास नीति
१. शिक्षा
१.१ सवै सामुदायिक विद्यालयहरुमा अपांगता तथा बालमैत्रीे भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धिका साथै अंगे्रजी माध्यमबाट पठनपाठन गराउने सामुदायिक विद्यालयहरुलाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।
१.२ बालमैत्री स्थानीय शासनलाई प्रर्वद्धन गर्न बाल समूहहरुको गठन तथा परिचालनमा जोड दिनेइछ ।
१.३ पठनपाठनलाइ प्रविधि मैत्री बनाउन जोड दिईनेछ ।
१.४ विद्यालयमा बाल क्लब मार्पmत विद्यार्थीहरुलाई खेलकुद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउन विशेष महत्व दिइनेछ ।
१.५ शिक्षामा पछाडी पारिएका विपन्न तथा जेहेन्दार कक्षा ११, १२ र क्याम्पस तहका छात्राहरुलाइ साइकल वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
१.६ विद्यालयमा पठनपाठन, अतिरिक्त क्रियाकलाप, व्यवस्थापन र अनुशासनलाइ समेत आधार बनाइ पुरस्कार र दण्डको व्यवस्था गरिनेछ ।
१.७ विद्यालयमा दिगो खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन गरी शैक्षिक उपलव्धी बढाउन अनुकुल वातावरण बनाउने प्रयास गरिनेछ ।
१.८ समुदायिक विद्यालयका शिक्षक÷शिक्षिकहरुलाई आवश्यकता अनुरुप तालिमको व्यवस्था मिलाइनेछ ।
१.९ सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्न पहल गरिने छ ।
१.१० यस गाउँपालिकामा संचालित एक मात्र गौरीगंज बहुमुखि क्याम्पसलाई सक्षम बनाउन संचालन अनुदान उपलव्ध गराइनेछ ।
१.११ आधारभूत तथा एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
१.१२ गा.पा. स्तरीय आधारभुत तहको अन्तिम परिक्षा (कक्षा आठ) मा स्थानीय भाषा, सिप विकाससंग सम्बन्धित ७५ ं २५ . १०० पूर्णांकको विषयको पाठ्यक्रम निर्माण गरी स्थानीय विषय समावेश गरिनेछ ।
१.१३ ६ वर्ष उमेर पुगिसकेका बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य भर्ना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१.१४ स्थानीय शिक्षा ऐन उल्लंघन गर्ने विद्यालय तथा शिक्षकहरुलाई कारवाहीको दायरामा राख्ने तथा उत्कृष्ट शिक्षकहरुलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
१.१५ प्रत्येक शिक्षकले त्रैमासिक वा चौमासिक रुपमा लिने परीक्षामा तोकिएको कुल पाठ्यभारमा आउने औषत पाठ्यभार अध्ययन अध्यापन गराइ सक्ने नीति अवलम्बन गरिनेछ ।
१.१६ सामुदायिक विद्यालयका बाल विकास केन्द्रका शिक्षकहरु र विद्यालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पोशाक र अन्य भत्ता दिइने नीतिलार्ई निरन्तरता दिइनेछ ।
१.१७ सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुको संख्या तथा कक्षाको आधारमा नपुग शिक्षकहरुको व्यवस्थापनका लागि गाउँपालिकाबाट स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने नीति लिइनेछ ।
२ स्वास्थ्य ः
२.१ सबै वडाहरुमा खोप केन्द्रहरुको निर्माणमा पहल गरिने छ ।
२.२ आवश्यकता अनुसार विभिन्न संस्थाहरुको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिनेछ ।
२.३ विगत देखि संचालन भएको स्वयंसेविका कोषलाई एकीकृत गरी उक्त कोषका लागि निश्चित रकमको व्यवस्था गरिनेछ ।
२.४ संघीय सरकारको नीति अनुरुप गर्भवती तथा सुत्केरी प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
२.५ स्वास्थ्य तथा सरसफाई सम्बन्धि सचेतना कार्यक्रमहरु विद्यालय तथा सामुदाय स्तरमा संचालन गरिने छ ।
२.६ ६० वर्ष पुरा भइ अवकाश प्राप्त गर्ने स्वयंसेविकाहरुलाई गाउँपालिकाको तर्पmबाट रु २०,००० प्रदान गरिने छ । साथै दोहोरो कार्य तथा सेवासुविधा लिई रहेका स्वयंसेविकाहरुलाई सेवा सुविधाबाट बन्चित गरिने नीति लिइनेछ ।
२.७ यस गाउँपालिकाको खजुरगाछीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नतिको साथै सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि गर्ने र विद्यमान स्वास्थ्य चौकीहरुमा ल्याब संचालनका लागि पहल गरिनेछ ।
२.८ यस गाउँपालिकाको स्वास्थ्य संस्थाहरुको पहुच पुग्न नसकेका क्षेत्रहरुमा सामुदायिक स्वास्थ्य इकाई क्रमश स्थापनाका लागि पहल गरिनेछ साथै वडा नं. ५ मा स्वास्थ्य चौकी स्थापनाको लागि जग्गाको व्यवस्थापन गरी सम्बन्धित निकायमा पहल गरिनेछ ।
२.९ स्वयंसेविकाहरुलाई प्रत्येक महिनाको वैठकमा सहभागि भएबापत प्रति महिना रु. ५००।०० का दरले खाजा खर्च नगद नै उपलव्ध गराइनेछ ।
२.१० मानसिक स्वास्थ्य र लागु पदार्थ दुव्र्यसन न्यूनीकरणका लागि सचेतना कार्यक्रम संचालन गरिनेछ ।
२.११ पूर्ण खोपको सुनिश्चिततालाइ दिगो बनाइनेछ ।
२.१२ विद्यालयहरुमा किशोरी मैत्री विद्यालय कार्यक्रम संचालन गरिनेछ ।
२.१३ स्वास्थ्य संस्थाहरुमा सुचिकृत अत्यावश्यक औषधिहरुको निरन्तर आपूर्ति गरिनेछ । सरकारद्धारा उपलव्ध गराइने निःशुल्क औषधीहरु बाहेकका अन्य औषधीहरुको व्यवस्थापनमा पहल गरिनेछ । साथै निःशुल्क उपलव्ध गराइने सूचिकृत औषधीहरुको विवरण स्वास्थ्य संस्थाहरुमा सार्वजनिक रुपमा राख्ने व्यवस्था मिलाइनेछ ।
२.१४ सामुदायिक स्वास्थ्य विमा कार्यक्रमलाइ प्रभावकारी रुपमा लागु गरिनेछ । यस गाउँपालिकाको विपन्न घरपरिवारहरुलाई साझेदारीको आधारमा स्वास्थ्य बीमा कार्यक्रममा अनुदानको व्यवस्था गरिनेछ ।
३. खानेपानी तथा सरसफाई
३.१ जीवनका लागि पानी भन्ने मूल नाराका साथ खानेपानी आयोजना सञ्चालन तथा विस्तारमा आवश्यक पहल गरिनेछ ।
३.२ गाउँपालिकाका सबै गाउँवासीलाई खानेपानीको सुविधा पुर्याउन, हाल संचालनमा रहेका खानेपानीका श्रोतहरुको व्यवस्थापन, वितरण पाईप लाइनको मर्मत, सुधार र थप व्यवस्थापनमा सहयोग गरिनेछ भने नयाँ खानेपानी आयोजना निर्माणका लागि केन्द्रिय स्तरमा वजेट व्यवस्थापनका लागि पहल गरिनेछ ।
३.३ मिति २०७५।३।३ गते यस गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न सफल भएकोमा उक्त घोषणालाई दिगोपना कायम गर्न आवश्यक सरसफाई कार्ययोजना निर्माण गरि अघि बढिनेछ ।
३.४ फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सरसफाई अभियान संचालन गरिनेछ । साथै बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि गाउँपालिका, निजी क्षेत्र र स्थानीयबासीको सहकार्यमा नीति निर्माण गरी कार्यक्रम संचालन गरिनेछ ।
३.५ बजारमा संकलित फोहोरको उचित व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइडको लागि आवश्यक जग्गाको व्यवस्था गरिनेछ ।
४. सस्कृति
४.१ लोपोन्मुख भाषा, धर्म, सस्कृतिको संरक्षणमा सहयोग गरिनेछ । साथै जातिय मठ, मन्दिर, गुम्बा, मस्जिद, दिनाभद्री, महाराजथानको पूर्वाधार निर्माणमा सहयोग गरिनेछ ।
५. लैंगिक समानता र समावेशिकरण विकास
५.१ जेष्ठ नागरिकको सम्मान, सुरक्षा तथा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले अन्य संस्थाको सहकार्यमा जेष्ठ नागरिक घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ ।
५.२ वाल विकासका सूचकहरु बाल बचाऊ, बाल संरक्षण, बाल विकास तथा बाल सहभागिता आदि कार्यक्रमहरुमा वालवालिका लक्षित विभिन्न शैक्षिक, सामुदायिक तथा गैर सरकारी संघ संस्थाको सहकार्य र समन्वयमा समेत जोड दिइनेछ ।
५.३ महिलाहरुको हक अधिकार र नेतृत्व विकासका लागि तालिम, सिपमुलक प्रशिक्षण, अध्ययन, अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम संचालन गरिनेछ । यस्ता कार्यक्रम गर्न महिलासंग सम्बन्धित संघ संस्थाहरुको सहकार्य र साझेदारीमा संचालन गर्न जोड दिइनेछ ।
५.४ आदिवासी, जनजाती, दलित पछाडि परेका वर्ग समुदायका हक अधिकार र त्यस्ता वर्ग र समुदायको समावेशीकरणका लागि विभिन्न कार्यक्रम संचालनमा ल्याईनेछ ।
५.५ वडा मार्फत आएका लक्षित समूह (महिला, वालवालिका, आदिवासी, जनजाति, जेष्ठ नागरिक, दलित) का कार्यक्रमहरु र गाउँपालिकास्तरिय कार्यक्रमहरु प्राथमिकताका आधारमा संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
५.६ अपाङ्गता भएका नागरिकको संरक्षण र विकासको लागि अन्य संघ संस्था संग समन्वय गरि विभिन्न कार्यक्रम संचालन गरिने छ ।
५.७ सामाजिक सुरक्षा भत्तालाई वित्तिय संस्था मार्पmत स्थानीय स्तरमा वितरण हुने गरी व्यवस्थापनका लागि पहल गरिनेछ ।
५.८ जन्मदर्तालाई अनिवार्य र व्यवस्थित गर्न तथा सुत्केरी आमाको स्वस्थ सुधारका लागि बढीमा दुईपटक बच्चा जन्माउने सुत्केरी आमालाई सुत्केरी स्याहार भत्ता निजकै घरदैलोमा उपलव्ध गराईने नीति लिइनेछ ।
५.९ यस गाउँपालिकामा स्थायी बसोबास गर्ने दुवै आँखा नदेख्ने नेत्रहिनहरुलाई विशेष कार्यक्रम तथा अनुदान उपलव्ध गराउने नीति दिइनेछ ।
६. खेलकुद तथा मनोरञ्जन
६.१ आधारभुत प्रा.वि., आधारभुत नि.मा.वि. र मा.वि. तहका विद्यार्थीहरुमा उमेर समुहगत खेलकुद कार्यक्रम संचालन गरी प्रतिभा छनौट गर्ने र छनौट भएका प्रतियोगि खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
६.२ यस गाउँपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुको अभिलेख राखी पुरस्कार र प्रोत्साहनको व्यवस्था गरिनेछ ।
६.३ मार्शल आर्ट क्षेत्रको खेलमा प्रशिक्षकको व्यवस्था मिलाई खेलकुदको माध्यमबाट अनुशासन कायम गर्दै स्वस्थ नागरिक उत्पादन गर्न वार्षिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने नीति लिइनेछ ।
६.४ युवा वर्गलाई लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्न प्रोत्साहन गरिनेछ ।
६.५ प्रत्येक वडाहरुमा खेलकुद मैदानको व्यवस्थापन गर्दै गाउँपालिका स्तरीय एक स्टेडियम (रंगशाला) बनाउने नीति लिइनेछ ।
७. सामाजिक परिचालन
७.१ सामाजिक परिचालनको प्रकृया मार्पmत टोल विकास संस्थाको गठन तथा परिचालन गरिनेछ ।
७.२ टोल विकास संस्थामार्पmत उद्यम समुहहरु गठन गरी त्यस्ता समुहलाई सीप विकास तालिम दिने र उद्यम सञ्चालनका लागि सामुदायिक विकास कोष मार्पmत ऋण पुजि प्रदान गरिनेछ ।
७.३ जातीय, लै¨िक विभेद तथा घरेलु हिंसा न्यूनीकरण गर्न, कुप्रथा अन्त्य गर्न टोल विकास संस्थाहरु मार्पmत सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
पूर्वाधार विकास क्षेत्र
१. सडक तथा पुल
१.१ गौरीगंज गाउँपालिकाको विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माण र सो सडकमा रहेका पुल, कल्भर्ट लगायतका पूर्वाधार निर्माण कार्यलाई सम्पन्न गर्न सम्बन्धित निकायहरुमा पहल गरिनेछ साथै उक्त सडकको मापदण्ड अनुसारको चौडाई कायम गर्न गाउँपालिकाले प्रत्यक्ष सहयोग गर्ने नीति लिइनेछ ।
१.२ विगतमा स्तरउन्नति भइ सकेका र लामो दुरीका सडकहरुलाई कालोपत्रेको लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
१.३ गाउँपालिकाको क्षमतामा निर्माण हुन सक्ने सडकहरुमा जनसहभागिता समेत जुटाई प्राथमिकताका आधारमा कालोपत्रे सडक निर्माणमा जोड दिइनेछ ।
१.४ कच्ची सडकहरु प्राथमिकताका आधारमा क्रमशः ग्राभेल विछ्याउने काम गरिने छ ।
१.५ विगतमा वनेका ग्राभेल सडकको प्राथमिकताका आधारमा क्रमशः स्तरउन्नति गरिने छ ।
१.६ उपरोक्त कामका लागि निम्न बमोजिम बाटोको चौडाई निर्धारण गरिएको छ ।
कालो पत्रेको लागि न्युनतम चौडाई ४० फुट
स्तरउन्नतिको लागि न्युनतम चौडाई ३० फुट
ग्राभेलको लागि न्युनतम चौडाई २० फुट
(विद्यमान परिस्थितिलाई ध्यानमा राखी उक्त नीतिलाइ गाउँपालिकाले आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछ । )
१.७ उपभोक्ता समितिबाट निर्माण हुने पूर्वाधार निर्माणमा कम्तिमा १० प्रतिशत नगद अनिवार्य गरिनेछ । साथै उपभोक्ता समिति निर्माण भएको १५ (पन्ध्र) दिन भित्र सम्झौता गर्न गरिसक्नु पर्नेछ । उक्त समयसीमा भित्र सम्झौता नभएमा वैकल्पिक उपायहरुबाट कार्यान्वयन गरिनेछ । सार्वजनिक धार्मिक स्थल र विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणमा लागत सहभागिता अनिवार्य नगर्ने नीति लिइनेछ ।
१.८ निर्माणाधिन ठुला पुल, कल्भर्ट सम्पन्न गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गरिने छ ।
१.९ साना कल्भर्टहरु निर्माणको लागि गाउँपालिकाबाट बजेटको व्यवस्था गरि प्राथमिकताका आधारमा क्रमशः निर्माण गरिने छ ।
१.१० ह्यामपाईपको अभावमा बाटाहरुमा आवागमनमा समस्या रहेकोले ह्यामपाईप खरिद गरि क्रमशः आवश्यकता पुरा गर्दै लगिनेछ ।
१.११ आयोजना तथा कार्यक्रमलाई प्रभावकारी एवं गुणस्तर कायम राख्न अनुगमन तथा मूल्यांकनलाई व्यवस्थित गरिनेछ । साथै अन्तिम भुक्तानी तथा फरफारकका लागि अनुगमन समितिको सिफारिस तथा वडा कार्यालयको प्रतिनिधिको रोहवरमा सार्वजनिक परीक्षण गरेपछि मात्र अन्तिम भुक्तानी दिइनेछ ।
१.१२ तीन लाख भन्दा माथिका लागत भएका आयोजनाहरुको संचालन गर्दा आयोजना स्थलमा आयोजना सम्बन्धी विवरण (होडिंग बोर्ड) अनिवार्य राख्नुपर्नेछ ।
२. भवन तथा शहरी विकास
२.१ गाउँपालिका क्षेत्रमा नयां घरहरु निर्माण गर्दा बस्ती विकास तथा शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ बमोजिम नक्सा पास स्वीकृत गरेर मात्र निर्माण गर्नुपर्नेछ ।
२.२ यस गाउँपालिका क्षेत्र भित्र निर्माण भईसकेका घरहरुको घरनक्सा पास अन्र्तगत अभिलेखिकरण कार्यलाई निश्चित समयसीमा तोकी विशेष छुट सहितको व्यवस्था गरी अभिलेखिकरण गर्ने कार्य अघि बढाइनेछ ।
२.३ गाउँपालिकाको नक्सांकन र व्यवस्थापनवाट सबै क्षेत्रमा एकरुपता ल्याउन घर नम्बर, वस्तीको नामाकरण, जनसंख्या कार्ड, शौचालयको अवस्था, सडकको नामाकरण, लगायतका कार्यलाई अगाडी बडाईनेछ साथै जनसंख्याको व्यवस्थित रुपमा अभिलेखिकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२.४ यस गाउँपालिकालाई नमुना शहर निर्माणका लागि संघीय सरकारबाट विस्तृत सर्वेक्षण कार्य भैरहेको र उक्त सर्वेक्षणको प्रतिवेदनका आधारमा शहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ ।
२.५ यस गाउँपालिकामा रहेको लोकसेवा सदनलाई सार्वजनिक सम्पत्तिको रुपमा कायम गरी अतिथि सदन निर्माणका लागि विस्तृत सर्भे सहित बजेट व्यवस्थापनका लागि पहल गरिनेछ ।
२.६ गाउँपालिका तथा वडा कार्यालयहरुको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरी प्रदेश तथा संघीय सरकारसंग बजेट व्यवस्थाका लागि पहल गरिनेछ । साथै अन्य सामाजिक संंघसंस्थाहरुको भवन निर्माणमा आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।
२.७ अव्यवस्थित रुपमा सार्वजनिक स्थल, सडक तथा खोलाका किनाराहरुमा जोखिम रुपमा बसोबास गरिरहेका अव्यवस्थित तथा विपन्न समुदायको बसोबासलाई विपन्न दातृ संस्था तथा निकायहरुसंगको सहकार्यमा एकीकृत वस्ती निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
२.८ नयाँ शहरी आयोजना अन्र्तगत हाल डि.पि.आर. भईरहेका खजुरगाछी बजार, कुञ्जिबारी पशु बजारको पूर्वाधार निर्माण लगायत अन्य प्राथमिकतामा परेका आयोजनाहरु निर्माणका लागि सम्बन्धित निकायहरुमा पहल गर्नुका साथै उक्त आयोजनाहरु निर्माणका लागि गाउँपालिकाबाट उच्च प्राथमिकताका साथ महत्व दिइनेछ ।
३. उर्जा तथा विद्युत ः
३.१ विगतमा विस्तार भएका विद्युतको क्षमता बृद्धि तथा मर्मतका लागि सम्बन्धित कार्यालयमा पहल गरिने छ ।
विद्युत आपूर्ति पुग्न नसकेको क्षेत्रहरुमा ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य उर्जा वितरण कार्यक्रमलाई अघि बढाइनेछ ।
३.२ विद्युत विस्तार हुन वाँकी ठाउमा विधुतीकरणका लागि विद्युत प्राधिकरणसंग पहल गरिने छ । उक्त ठाउहरुमा विधुत प्राधिकरणसंग समेत साझेदारी कार्यक्रम संचालन गरिनेछ ।
३.३ नविकरणीय उर्जाको प्रयोग मार्पmत वातावरणीय सन्तुलन कायम गर्दै हाट बजार, मुख्य सडक क्षेत्रमा सडक बत्ति जडान कार्यलाई निरन्तरता दिइनेछ ।
४. सञ्चार
४.१ स्थानीय पत्रपत्रिका तथा संचार माध्यमलाई विज्ञापन तथा सूचनाहरु प्राथमिकताक्रम अनुसार उपलव्ध गराइनेछ ।
४.२ गाउँपालिकाका हरेक क्रियाकलापहरु कार्यालयको धभदकष्मभ, ःयदष्भि ब्उउक तथा चौमासिक रुपमा बुलेटिन प्रकाशन गरी सर्वसाधारणलाई सूचना प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
वन वातावरण तथा विपद व्यवस्थापन
१.१ पर्यावरणीय महत्व बोकेको यस गाउँपालिकाका महत्वपुर्ण नदिहरु रतुवा, रामचन्द्रे, गेउरिया, लेहेरा, लालगौरिया, किस्नी, कमल, बनियानी र कन्काई खोलाको नियन्त्रण, ठुला नदि किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ भने तटबन्ध निर्माणका लागि प्रदेश तथा संघीय सरकारसंग बजेट विनियोजन गर्न आवश्यक पहल गरिनेछ ।
१.२ विपद्बाट हुने धनजनको क्षति कम गर्न र विपद्लाई न्यूनीकरण गर्न रेडक्रस सोसाइटी, सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायहरुको सहकार्यमा विपद् जोखिम न्यूनिकरण कार्यक्रम संचालन गरिनेछ ।
१.३ ग्रामिण क्षेत्र भएकाले गाउँवासीहरुको स्वास्थ्यमा ध्यान पुर्याउदै वायो ग्यास, वैकल्पिक उर्जाको प्रर्वद्धनमा जोड दिइनेछ ।
१.४ विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने तारजाली, बोरा र अन्य सामाग्री तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइनेछ ।
सूशासन तथा संस्थागत विकास
१.१ जनतालाई सेवा प्रवाह गर्दा जनप्रतिनिधि तथा कर्मचारी सवैले मुस्कान सहितको सेवा प्रवाह गर्नु पर्ने नीतिलाई अनिवार्य गरिनेछ ।
१.२ आन्तरिक प्रशासन चुस्त र दुरुस्त कायम गर्न सके मात्र गाउँवासीलाई छिटो, छरितो, सरल र प्रभावकारी ढंगले सेवा सुविधा उपलव्ध गराउन सकिन्छ भन्ने विश्वासका साथ गाउँपालिकामा व्यवस्थित र प्रणालीगत प्रशासनिक संरचनाको निर्माण सहित कर्मचारीहरुको व्यवस्था गरि प्रभावकारी कार्य विभाजनलाई सुनिश्चता गरिनेछ । गाउँपालिका भित्र आवश्यक पर्ने कर्मचारीहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुसंग पहल गर्ने र पदपूर्तिको माध्यमबाट करार, ज्यालादारी वा स्वयंसेवक कर्मचारी व्यवस्थापन गरिनेछ । साथै योग्यता, क्षमता र उत्कृष्टताको आधारमा पदस्थापन प्रणालीलाई व्यवस्थित गरिनेछ ।
१.३ अनुभवी क्षमतावान र स्वयं उत्प्रेरित कर्मचारी विना गाउँवासीले चाहे जस्तो प्रभावकारी र अनुभूतिजन्य सेवा प्रवाह गर्न समस्या पर्ने भएकाले प्रशासनिक संयन्त्रलाई आधुनिक प्रविधि युक्त वनाइदै समयानुकुल तालिम र प्रशिक्षणमा जोड दिइनेछ । साथै अनुशासित भइ काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा अनुशासनहिन काम र गल्ति गर्ने कर्मचारीलाई सचेत गराउदै निरुत्साहित, दण्डित गरिने नीति अवलम्बन गरिनेछ ।
१.४ वडा कार्यालयहरुको आवश्यक संस्थागत विकासमा जोड दिइनेछ ।
१.५ गाउँपालिकावाट सम्पादित आर्थिक, प्रशासनिक र योजनागत विकास निर्माण र लक्षित कार्यक्रमहरुलाइ पारदर्शी, जिम्मेवार र उत्तरदायी वनाइने छ ।
१.६ विकेन्द्रीकरण र स्वायत्तताको मर्म र सिद्दान्त अनुरुप स्थानीयवासीले सम्भव भएसम्म सेवा सुविधा घरदैलो र टोल टोलमा प्राप्त गर्न सक्ने व्यवस्थाका लागि वडास्तरवाट सम्पादन हुने कार्यलाई सप्mटवेयरको माध्यमबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
१.७ वडा कार्यालयको कार्य संचालनका लागि निश्चित सिलिङ्ग सहितको बजेट व्यवस्था गरिनेछ ।
१.८ यस गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने १ जना कर्मचारीलाइ हरेक वर्षको गाउँ सभामा पुरस्कृत गरिने छ । साथै कर्मचारीहरुका अन्य सेवा सुविधा स्थानीय तहको क्षमता अनुसार उपलव्ध गराउने नीति लिइनेछ । करारतर्पmका कर्मचारीहरुलाई समेत पोशाक तथा चाडपर्व खर्चको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१.९ प्रशासनिक खर्चमा मितव्ययिता अपनाईनेछ ।
१.१० प्रभावकारी वित्तिय व्यवस्थापनका लागि कम्प्यूटराइज लेखा प्रणाली व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१.११ यस गाउँपालिका अन्र्तगत रहेका कार्यालय, वडा कार्यालयह्रु, सामुदायिक विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा क्रमिक रुपमा विद्युतिय हाजिरीको व्यवस्था गरी अनुगमन गर्ने कार्यलाई अघि बढाइनेछ ।
१.१२ गाउँपालिका अन्र्तगतका वडा कार्यालयहरु तथा विषयगत शाखाहरुले प्रत्येक चौमासिक समयावधी भित्र सम्पन्न भएका कार्यहरुको प्रगति विवरणको समिक्षा सहित जनप्रतिनिधि र कर्मचारी बीच अन्र्त्क्रिया गर्ने व्यवस्था मिलाइनेछ ।
राजस्व नीति
१. आन्तरिक आय तथा राजश्वलाई दीगो एवं भरपर्दो बनाउन करको दायरालाई फराकिलो बनाइनेछ ।
२. गाउंपालिकाले राजश्वको दायरा र क्षेत्र निर्धारण गर्दा विद्यमान ऐन नियममा भएको ब्यवस्थालाई अवलम्बन गरिनेछ ।
३. करको दायरालाई फराकिलो बनाई दरलाई समयसापेक्ष समायोजन गर्दै लगिनेछ । साथै करको चुहावटलाई नियन्त्रण गरिनेछ ।
४. दिगो श्रोत ब्यवस्थापन गर्न नया“ श्रोतको पहिचानका लागि सम्भाब्यता अध्ययन गरिनेछ ।
५ करमैत्री वातावरण श्रृजना गर्न सरोकारवाला, अन्तरसरकारी, स्थानीय गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यबाट क्षमतायोग्य कर राजश्व निर्धारण गरी करदाताको संख्या बढाइनेछ ।
६ आ.ब. २०७६÷०७७ देखि घरजग्गा कर लागु गर्ने उल्लेख भएपनि आन्तरिक तयारी न्यून भएको कारण विगत देखि नै प्रचलनमा रहेको मालपोत तथा धुरीकर नै असुल उपर गरिनेछ ।
७ कानून बमोजिमबाहेक कर, राजश्व संकलन गरिने छैन ।