१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा जबर्जस्ती करणी मुद्दाका अभियुक्त धेरै


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

ljhapa-jail2019-07-30-11-06-14

झापा १४ , श्रावण / झापा कारागारमा जबर्जस्ती करणी मुद्दाका अभियुक्तको संख्या सबैभन्दा धेरै रहेको कारागार प्रशासनले जनाएको छ । ‘संख्यात्मक रूपमा कारागारमा जबर्जस्ती करणी मुद्दाका अभियुक्त धेरै छन्,’ कारागार प्रमुख राजेन्द्र निरौलाले भने, ‘त्यसपछि लागुऔषध र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दीको संख्या धेरै छ ।’

कारागारमा जबर्जस्ती करणी मुद्दाका कैदी दुई सय ९७ जना रहेको निरौलाले जानकारी दिए । त्यसमा विदेशी नागरिकको संख्या २८ छ । जबरजस्ती करणीपछि लागुऔषध मुद्दाका अभियुक्त धेरै छन् । नेपाल–भारत खुला सीमाका कारण लागुऔषध प्रयोगकर्ताको संख्या झापामा धेरै रहेको प्रहरीले जनाएको छ ।

कारागारमा लागुऔषध मुद्दामा १९ विदेशीसहित एक सय ७६ जना कैदीबन्दी छन् । लागुऔषधपछि कर्तव्य ज्यान मुद्दाका अभियुक्त धेरै छन् । यो मुद्दामा ८२ जना कैदीबन्दीले कैद सजाय भुक्तान गरिरहेका कारागार प्रमुख निरौलाले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा ९ जना विदेशी पनि कारागारमा छन् । मुद्दाको तथ्यांकीय हिसाब हेर्दा जिउ बेच्ने, मास्ने मुद्दामा महिलाको संलग्नता बढी छ । ३० जना महिला जिउ मास्ने, बेच्ने मुद्दामा कैद भुक्तान गरिरहेका कारागारकी नायब सुब्बा हिमादेवी पौडेलले बताइन् ।

आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ३४ बजे