५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विपन्न दलितलाई न्यानो कम्बल वितरण


१३ श्रावण २०७६, सोमबार  

0
Shares

 

kamball
गौरीगंज १३, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले वार्डका १ सय १० जना विपन्न दलित समुदायका व्यत्तिलाई आज न्यानो कम्बल वितरण गरेको छ ।
वार्ड कार्यालयले एक कार्यक्रमको आयोजना गरी वार्डको आर्थिक वर्ष ०७५ / ७६ को बजेट अन्तरगत दलित लक्षित कार्यक्रममा दलितहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको हो । वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य रमकुमारी विकले पालैपालो ति दलित परिवारलाई न्यानो कम्बल वितरण गरेका थिए । दलित लक्षित कार्यक्रम अन्तरगर्त वार्डको ६४ हजार रुपैयाँबाट खरिद गरी न्यानो कम्बल वितरण गरिएको अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : २२ बजे