५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रतुवा खोलामा खनेको च्यानल भत्कियो, वजेट स्वाहा !


७ श्रावण २०७६, मंगलबार  

0
Shares

ratuwa piull 1
गाउँपालिकाबाट ठेक्का मिनाहा भएपनि खोला तर्न साविकै दररेट कायम, सर्वसाधारणमलाई सास्ती
गौरीगंज ७, साउन / हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगंज गाउँपालिका र मोरङ्गको रतुवामाई नगरपालिका जोड्ने खोलाको पुल एकातिर खोला अर्कोतिर भएपछि खोलालाई पुलतर्फ फर्काउन हुलाकी राजमार्ग आयोजना इटहरीले खनेको च्यानल खोलाले भत्काई पुर्ववत अवस्थामा पुर्याएको छ भने खोला अहिले पुलको पुर्वतिरबाट बगिरहेको छ ।
खोला च्यानललाइज गरेर पुल सञ्चालन गर्ने उद्येश्यले खनिएको च्यानल खोलाले भत्काएपछि त्यसमा खर्च गरिएको असारे वजेट सकाउने मेलो मात्र भएको कतिपयले टिप्पणी गरेका छन् । उक्त च्यानल खन्ने काम भने जेठको पहिलो सातादेखि शुरु गरिएको थियो । गौरीगंज गाउ“पालिका वार्ड नं. ५ का स्थानिय फुल चन्द्र सिंहले खोलामाम च्यानल खनेर अझ जनतालाई दुःख दिएको बताए । उनले भने – ‘एउटै खोला तीन पटक तर्नु पर्ने अवस्था भएको छ ।’
रतुवा खोलालाई दुवै तर्फबाट पुल देखि उत्तर र पुल देखि दक्षिण तर्फ गरी ३ ÷३ किलोमिटर परबाट ढुंगाको जाली लगाई तटबन्धन नगरी पुल सञ्चालन गर्ने प्रयास गर्नु रकम सिध्याउने र कुम्ल्याउनु मात्र भएको स्थानिय हजमलाल माझीले बताए । ‘हामी खोलाको छेउमा बसेका छौं, हामीलाई थाहा छ, हामीलाई कति दुःख छ भनेर उनले थपे– ‘यो पुल बन्यो भने दक्षिण क्षेत्रका जनाता र क्षेत्र अघि बढ्छन भनेर उत्तरतिरका नेताहरुमा भान छ, त्यसैले उनीहरुले यो पुल निर्माण बनाउन नचाहे हो ।’
हुलाकी राजमार्ग आयोजना इटहरीले खोलामा च्यानल खनी खोला पुलमुनिबाट जान्छ जादैन भनेर परिक्षणका निम्ति च्यानल खनेको आयोजनाका इन्जिनियर नन्दकुमार गुप्ताले बताए । उनका अनुसार हुलाकी राजमार्ग इटहरीले इन्धन खर्च र कामदारलाई टिएडिए दिएर च्यानल खनि यसवर्ष परिक्षण मात्र गरेको बताए । च्यानल खन्न आयोजनाले २० लाख रुपैयाँ वजेट छुट्याएको हल्लामात्र भएको बताए पनि कति खर्च भएको भन्ने प्रश्नमा भने आफुलाई थाहा नभएको बताए ।
रतुवा खोलाको पुल तीन वर्ष अघि निर्माण कार्य सम्पन्न भएपनि पुल सुचारु नभएपछि वर्षायाममा जोखिमपुर्ण यात्रा गर्न स्थानियवासी बाध्य भएका छन् भने वर्षाको समयमा उनीहरुले सास्ती खेप्दै आएका छन् । अहिले पुल तर्न होइन हेर्नका लागि बनाएको जस्तो अवस्थामा रहेको छ ।
आर्थिक वर्ष २०६४ ÷०६५ सालमा भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का सम्झौता अनुसार कालिका ओएसीस जेभीले पुल बनाएको थियो ।

गाउँपालिकाबाट डुंगा ठेक्कामा मिनाहा तर सर्वसाधारणबाट साविककै दररेटमा भाडा असुली
गौरीगंज गाउँपालिकाले यो वर्ष गाउँपालिका भित्रका खोलाहरुको डुंगा ठेक्का नलगाएको गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताए । खोला तर्न डुंगा (नाउ) चलाउनेले महँगाो शुल्क लिएको व्यापक गुनासो अघिल्लो वर्ष आएपछि यसवर्ष गाउँपालिकाले खोलाको डुंगा ठेक्का नलगाएको हो । तर यता भने डुंगा चलाउनेले साविककै दररेटमा खोला तर्ने यात्रीबाट रकम असुलिरहेको छ । खोला तर्न डुंगाबाट भाडा स्वरुप मोटरसाइकल ५० रुपैयाँ, साइकल २० रुपैयाँ र मान्छेलाई १० रुपैयाँ रकम रतुवा खोलामा लिइरहेको छ । खोला तर्नेबाट भाडा स्वरुप मोटरसाइकललाई २०, साइकललाई १० र मान्छेलाई ५ रुपैयाँ लिनुपर्ने प्रशाकिय अधिकृत राजकुमार शाक्य बताउँछन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : ३८ बजे