२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

गौरीगंजमा ३७ औं विपि स्मृति दिवस


६ श्रावण २०७६, सोमबार  

0
Shares

congreshphoto
गौरीगंज ६, साउन / नेपाली कांग्रेस गाउ“ कार्य समिति गौरीगंज वार्ड नं. ५ र ६ ले संयुक्तरुपमा आज ३७ औं विपि स्मृति दिवस मनाएको छ ।
गौरीगंज गाउ“पालिका वार्ड नं. ६ को सभाहलमा आयोजित विपि स्मृति दिवस कार्यक्रममा विपिको योगदान, आदर्श, विचार र नेपाली जनतालाई उनले देखाएको बाटाको विषयमा चर्चा गरिएको थियो । गाउ“ सभापति तथा वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य नौताली राजवंशी, क्षेत्रिय सदस्य गोपाल बहादुर पौडेल, कमलेश्वर राजवंशी, गौरीगंज जेष्ठ नागरिक संघका उपाध्यक्ष रामकृष्ण
यादव, कार्यपालिका सदस्य राधा अधिकारीलगायतले विपिको जिवनी, उनको योगदान र आदर्शबारे आ–आफ्नो धारणा राखेका थिए ।  क्षेत्रिय सदस्य कमलेश्वर राजवंशीले   बिपीले नेपाली साहित्यका क्षेत्रमा अतुलनीय योगदान गरेको बताउँदै उनले बिपीको राजनीतिक योगदानका साथै साहित्यिक योगदानलाई पनि सँगसँगै सम्झनुपर्ने धारणा राखे । कार्यक्रमको स्वागत वार्ड नं. ६ का वडा सदस्य उदिम कुमार राईले गरेका थिए भने कार्यक्रमको सञ्च्ाँलन सचिव अशोक प्रसाद  यादवले गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : १३ बजे