७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

गौरादहका एक जनप्रतिनिधिको भत्ता र सेवा सुविधा नलिने घोषणा


३ श्रावण २०७६, शुक्रबार  

0
Shares

komal pp

 

गौरादह ३, साउन / झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । गौरादह नगरपालिकाका वार्ड नं. १ का वडा सदस्य कोमल ढुंगानाले आज एक अपिल जारी गर्दै त्यस्तो घोषणा गरेका हुन् ।
नगरपालिकाको निर्देशनमा खोलिएको कृषि विकास वैंकको खाता बन्द गर्ने र अब उप्रान्त जनप्रतिनिधि रहेसम्म भत्ता, रकम वा अन्य सेवा सुविधा नलिने नगरसभामा राखिसकेको र लिखितरुपमा नगरपालिकालाई परिपत्र समेत गरिसकेको जारी अपिलमा उनले भनेका छन् ।
स्थानिय सरकार संचालन ऐन मुताबिक नगरका महत्वपुर्ण निर्णयहरुमा, नीति, ऐन, बिनियम तथा कार्यबिधिहरुमा वडा सदस्यको न्युन अधिकार रहे पनि नगर सभाको हरेक सत्रमा नगरपालिकामा सुशासन र सदाचार स्थापित गर्न र गौरादहको उज्जवल भविष्यका लागि शसक्तरुपमा आवाज उठाएको उनले बताएका छन् ।
विमत्तिका बावजुत पनि अघिल्लो वर्ष निर्णय गरी मेरो नाममा दाखिला गरिदिएको सेवा, सुविधा र भत्ता समेतको रकम व्यक्तिगत उपभोग नगरी वडाको विकास निर्माण , संघ संस्था र सामाजिक कार्यमा लगाएको उनले अपिलमा उल्लेख गरेका छन् ।
अपिलको अन्त्यमा उनले भनेका छन् –‘ मेरो ब्रम्हाले देखे सम्म र तपाईहरुले मार्गदर्शन गरेसम्म नगरमा हुने कुनै प्रकारका बेथिति तथा गलत कार्य भएमा डटेर सामना गर्ने र नागरिक समक्ष सुसुचित गराउने प्रण एवं प्रतिवद्वता गर्दै म प्रतिको यहा“हरुको भरोसा र विस्वास टुट्न नदिने बचनवद्वता ब्यक्त गर्दछु ।’

 

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : ०७ बजे