१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

३ महिने विद्युत तालिमको आज समापन


२७ असार २०७६, शुक्रबार  

0
Shares

 

talim pp
गौरीगंज २७, असार / राष्ट्रिय महिला शसक्तिकरण संस्था गौरीगंजको आयोजनामा ३ महिने विद्युत जडान तालिम आज समापन गरिएको छ ।
वेरोजगार युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्येश्यले आयोजना गरिएको तालिमको समापन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष फुलवत्ती राजवंशीले गरेका थिए । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरसंगको साझेदारीमा आयोजित ३ महिने विद्युत तालिममा २१ जना युवाहरु सहभागि रहेको संस्थाकी सचिव पुष्पालता राजवंशीले बताइन् । तालिमकार्यक्रमको सहजिकरण प्रशिक्षक दिर्घलाल धिमालले गरेका थिए । कार्यक्रममा संस्थाकी सदस्य गिता शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा नं. ६ की सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिम कुमार राई, संस्थाकी सदस्य नौताली राजवंशी, तिला मुर्मु, मिना पास्वानलगायतले मन्तव्य राखेका थिए । ३ महिने विद्युत तालिम वैशाख ६ गते शुरु गरिएको थियो भने समापन असार २७ गते गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १२ : ४३ बजे