१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

करेन्ट लागेर एक बालकको मृत्यु


२६ असार २०७६, बिहिबार  

0
Shares

 

mobile

गौरीगञ्ज  २६, असार / चार्जमा राखेको मोवाईल चिसो हातले छुदाँ करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरँगको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
मोरँग रतुवामाई १ का गोल्छा महतोका छोरा ६ बर्षिय रोशन महतो गौरादह ८ दामाबारी मामा सँजित महतोको घरमा बसेर स्थानिय ज्ञानोदय माबिमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।
मोबाईल चार्जमा राखिएको बेला भिजेको हातले छुदा करेन्ट लागेको  जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  १ : ०७ बजे