१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एसईई ग्रेड वृद्धि परीक्षा भदौ १ देखि (तालिका सहित)


२२ असार २०७६, आइतबार  

0
Shares

slc 12
काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी भाद्र १ गते देखि सञ्चालन हुने भएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले साउनको २६ र २७ गते उक्त परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको थियो । बोर्डले आइतबार संशोधित समय तालिका सार्वजनिक गरेर भाद्र १ गतेदेखि देशभर परीक्षा सञ्चालन गरिने जनाएको हो ।

गत चैतमा एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। यसअघि बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेडवृद्धिमा सहभागी हुन पाउने प्रावधान थियो।

बोर्डले दुई विषयभन्दा बढीमा पनि सी वा सी भन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई परीक्षामा संलग्न गराउने निर्णयपछि संशोधित सूचना प्रकाशित गरेर परीक्षा सारिएको हो। सूचनाअनुसार ग्रेड वृद्धि परीक्षा भदौ ११ गतेसम्म सञ्चालन हुनेछ।

बढीमा दुई विषयसम्म अनुपस्थित भएका र ग्रेड नखुलेका विद्यार्थी पनि उक्त परीक्षामा सहभागी हुन पाउनेछन्। तर दुई विषय बढीमा अनुपस्थित भएका र ग्रेड नखुलेका परीक्षार्थी आगामी वार्षिक परीक्षामा मात्र सम्मिलित हुन पाउने बोर्डले जनाएको छ।

डेढ लाखभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षा सहभागी अनुमान गरिएको छ। धेरै विद्यार्थी गणित विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुदैछन्। बोर्डले दुई साता अघि सार्वजनिक गरेको नतिजामा गणित विषयमा ‘सी’ भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी छ।

यसअघि बोर्डले यसपटकदेखि दुई दिनमै सबै विषयको ग्रेड वृद्धि परीक्षा सम्पन्न गर्ने गरी समय तालिका सार्वजनिक गरेको थियो। संशोधित सूचना अनुसार चैतमा सम्पन्न एसईई परीक्षा जस्तै प्रत्येक दिन छुट्टाछुट्टै विषयको परीक्षा हुनेछ।

उक्त परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ। फाराम जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बुझाउन सकिनेछ। प्रत्येक विषयका लागि पूरक परीक्षा दिन ५ सय शुल्क तोकिएको छ। परीक्षा सम्बन्धित जिल्ला सदरमुकामहरुमा सञ्चालन गरिने बोर्डले जनाएको छ।

हेर्नुहोस् तालिका:

information-0772019013850-1000x0

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : २५ बजे