५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ग्रामीण भेगका महिलाहरुलाई तालिम


२० असार २०७६, शुक्रबार  

0
Shares

mahila pp
गौरीगंज २० , असार / गौरीगञ्ज गाउँपालिका वडा नँ ५ ले ग्रामीण भेगका महिलाहरुलाई जनचेतना तथा क्षमता बिकास अभिबृद्धि सम्बन्धी आज एक दिने तालिम दिएको छ ।
डाँगीटोल स्थित जनता बाल बिकास प्राबि को हलमा सञ्चालित तालिममा ५० जना भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।
वडाध्यक्ष बिजय प्रसाद सिँह गन्गाईको सभापतित्वमा भएको तालिममा प्रमुख प्रशिक्षक कबिता शर्मा आचार्यले महिला हिंसा सँबन्धी बनेको कानुन, महिला हिंसा, महिला हक अधिकारकाबारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक अशोक गिरीले नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा नं. ५ का सदस्य राजेन्द्र ताजपुरिया, देवनारायण गन्गाई, कैली देवी रिषिदेव, महिला शसक्तिकरण गौरीगंजकी अध्यक्ष फुलवत्ती राजवंशी, पुष्पालता राजवंशीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १ : ०० बजे