१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवाहरुलाई मौका : पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै


२७ जेष्ठ २०७६, सोमबार  

0
Shares

20190610_114024
विराटनगर २७, जेठ/
शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ । कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अङ्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नछन् ।

ओबी मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम छोटो समयमा नै देश विदेशमा लोकप्रिय बन्दै गएको छ । उक्त कार्यक्रममा मेगा जजुको “मर्दको भी दर्द होता हे” भिडियोलाई २१ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।

यस कार्यक्रमले विभिन्न सामाजिक विषयहरू उठाउदै आएको “वर्ड विन्ङस्”का संस्थापक संदीप राउतले जानकारी दिए ।

साथै तेस्रो संस्करणका लागी प्रायोजकहरू को स्थान खुला रहेको छ ।

निशुल्क आवेदन फाराम : http://bit.do/wordwings
अहिले सम्म रेकर्ड भएका भिडियो हेर्न: https://www.youtube.com/wordwings

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ५ : ५५ बजे