३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंजमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी र प्रमाणपत्र


२३ जेष्ठ २०७६, बिहिबार  

0
Shares

 

football

 

गौरीगंज २३, जेठ /  गौरीगंज गाउ“पालिका स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आज समापन भएको छ ।
खजुरगाछी माविको प्राङ्गणमा भएको समापन कार्यक्रममा गौरीगंज गाउ“पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले विभिन्न खेलकुद प्रतियोगितामा विजेयी भएका खेलाडी र टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । जेठ २० गतेदेखि सञ्चालन भएको खेलकुद प्रतियोगीताको क्रिकेट खेलमा छात्रातर्फ देवकोटा मावि प्रथम भएको थियो भने दोस्रो ज्ञानकुञ्ज एकाडमी र तेस्रो ज्ञानोदय मावि र युनिभर्सल भएका थिए ।
छात्रतर्फ क्रिकेट प्रतियोगितामा ज्ञानकुञ्ज एकाडमी प्रथम, देवकोटा मावि दोस्रो र तेस्रो युनिभर्सल एकाडमी तथा मुनलाइट एकाडमी भएका थिए । त्यसैगरी फुटबल प्रतियोगितामा छात्रतर्फ ज्ञानोदय आवासिय मावि प्रथम, आदर्श मावि कोरोबारी दोस्रो भएको थियो भने भलिवल प्रतियोगितामा छात्रतर्फ देवकोटा मावि प्रथम, ज्ञानोदय मावि दोस्रो, तेस्रो आदर्श मावि र गौरीगंज मावि भएको थियो । छात्रातर्फ भलिबलमा देवकोटा मावि प्रथम, ज्ञानोदय मावि दोस्रो र युनिभर्सल एकाडमी तेस्रो भएको थियो । कबडी प्रतियोगितामा छात्रतर्फ ज्ञानकुञ्ज एकाडमी प्रथम र युनिभर्सल एकाडमी दोस्रो भएको थियो । कार्यक्रम विजेता खेलाडी र टिमलाई गाउ“पालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, वडा नं. ३ अध्यक्ष मखना महतो, शिक्षा शाखा प्रमुख केशव भट्टराईलगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । खजुरगाछी माविका प्रअ गहेन्द्र विक्रम शाहको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन कर्मा शेर्पाले गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  १ : २९ बजे