७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

सहारा नेपाल गौरीगंजद्वारा उद्यमी महिलालाई तालिम


२३ जेष्ठ २०७६, बिहिबार  

0
Shares

 

sahara photo

गौरीगंज २३, जेठ /  सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्येश्यले उद्यमी महिला सदस्यहरुलाई एक दिने अभिमुखिकरण तालिम आज दिएको छ ।
गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा २ सय जना भन्दा बढी महिला उद्यमी सदस्यहरु सहभागि थिए । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ स्थित शिवालय मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा सहारा नेपाल केन्द्रिय कार्यालयका बरिष्ठ प्रबन्धक राजकुमार दर्नालले महिलाहरुलाई उद्यमशील कसरी बन्ने र यसबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । स्थानिय उत्पादनलाई सीपको रुपमा ग्रहण गरी त्यसबाट आय आर्जन गरेर उद्यमी कसरी बन्नेलगायतका विषयमा सहभागि महिलाहरुलाई अवगत गराएका थिए ।
कार्यक्रममा साहारा नेपाल सेवा केन्द्रकी महिला उद्यमी सदस्य गिता देवी श्रेष्ठ र संझा ताजपुरियालाई नगद १ –१ हजार रुपैया“, प्रमाण पत्र र स्थानिय उत्पादन झल्ला तथा झालङ सम्मान स्वरुप प्रदान गरिएको थियो । गौरीगंजमा स्थानिय उत्पादन झल्ला र झालङ्ग बुन्ने तालिम दिई महिलाहरुलाई उद्यमशिल बनाउन गौरीगंज गाउ“पालिका र सहारा नेपालको साझेदारीमा घरेलु उद्योग सञ्चालन गर्ने लक्ष्य अनुरुप यस प्रकारको अभिमुखिकरण तालिमको आयोजना गरिएको गौरीगंज सेवा केन्द्रका म्यानेजर उमेश भारतीले जानकारी दिए ।
महिला सदस्य शन्ति देवी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपाल इलाका कार्यालय सुरुङ्गाका वरिष्ठ प्रबन्धक रामनारायण प्रधान सहभागि रहेको कार्यक्रममा सहारा नेपाल साकोसको हालसम्म १ लाख ४१ ह्जार ९ सय १८ सदस्य संख्या रहेको सहारा नेपाल गौरीगंज सेवा केन्द्रका म्यानेजर उमेश भारतीले जानकारी दिए । उनका अनुसार संस्थाको हाल सम्म बचत रकम ४ अर्ब ३० करोड ६८ लाख १२ हजार ५ सय ६२ रुपैया“ रहेको छ भने जगेडा कोष ४७ करोड ६९ लाख ४४ हजार ७ सय २ रुपैया“ रहेको छ । कार्यक्रमको सञ्चालन सहारा नेपाल सेवा केन्द्रका सुभाष झाले गरेका थिए ।

sahara photo1

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  १२ : १७ बजे