१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु


२० जेष्ठ २०७६, सोमबार  

0
Shares

image 1

गौरीगंज २०, जेठ / गौरीगंज गाउ“पालिका स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ । गौरीगंज गाउ“पालिकाका उपाध्यक्ष तथा शिक्षा समिति संयोजक दिपिन्द्र थापाले प्रतियोगिताको विधिवत उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा गाउ“पालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले ब्याटिङ गरेर उक्त खेलको उद्घाटन गरेका हुन् । पहिलो दिनको क्रिकेट प्रतियोगितामा देवकोटा मावि र बालकल्याण मावि विच भएको खेलमा देवकोटा माविले जीत हासलि गरेको छ भने दोस्रो क्रिकेट प्रतियोगितामा मुनलाइट एकाडमी र स्नोह्वाइटबीच भएको खेलमा मुनलाइट एकाडमीले जीत हासिल गरेको छ ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, कबडी, दौडलगायत खेलहरु खेलाइने छ । खजुरगाछी माविका प्र.अ. गहेन्द्र विक्रम साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष मखना महतो, बाल कल्याण माविका प्र.अ. भीम प्रसाद कोइरालालगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा शिक्षा शाखा गौरीगंज प्रमुख केशव प्रसाद भट्टराई, इलाका प्रहरी कार्यालयका गौरीगंजका प्रहरी निरिक्षक दल बहादुर राई, नेपाल शिक्षक महासंघका जिल्ला सहसचिव हरिप्रसाद राजवंशी, शिक्षा समिति सदस्य कुमार भण्डारी, नेपाल शिक्षक संघ गौरीगंज अध्यक्ष गोपाल प्रसाद ताजपु।िया,नेपाल शिक्षक महासंघ गौरीगंज सदस्य कुवेर राजवंशी, युनिभर्सल एकाडमीका भाइस प्रिन्सिपल व्रिजलाल ताजपुरियालगायतको उपस्थिति थियो । ब्याप्सन झापाका जिल्ला सचिव दर्नाधन ढकालको स्वागत रहेको कार्यक्रमको संचालन कर्मा सेर्पाले गरेका थिए । गौरीगंज गाउ“पालिका भरिका ११ वटा माविस्तरिय विद्यालयहरु खेलकुद प्रतियोगितामा सहभागी रहेको जनाइएको छ ।

image 5
image 2
image 3

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ११ : २६ बजे