५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

३५ हजार घुस लिएको आरोपमा अख्तियारको टोली झापामा दुई कर्मचारीलाई नियन्त्रणमा


१४ जेष्ठ २०७६, मंगलबार  

0
Shares

20190528_212158

भद्रपुर १४, जेठ /  कर्मचारीबाटै ३५ हजार घुस लिएको आरोपमा अख्तियारको टोली झापामा दुई कर्मचारीलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ।
अख्यितार टोलीले भद्रपुर ८ स्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत नायव सुब्बा राजकुमार धिताललाई कर्मचारीबाटै ३५ हजार घुस लिएको रकमसहित रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
केन्द्रका नायव सुब्बा धिताल घुस रकमसहित रंगेहात फेला परेपछि केन्द्र प्रमुख सुमेन्द्र मण्डललाई समेत अख्तितारको टोलीले नियन्त्रणमा लिएको छ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएका प्रहरी निरीक्षक राजन कार्कीसहितको पाँचजनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इटहरी लगेको छ।

विद्युत जडान सम्बन्धित तालिम कार्यक्रमका लागि आएको एक लाख बजेट मध्येबाट ३५ हजार घुस लिएको हो’, अख्यितारका प्रहरी निरीक्षक कार्कीले भने, ‘घुस रकमसहित कर्मचारी परेकोले यस घटनामा केन्द्र प्रमुखको पनि संलग्नता हुनसक्ने आंशकामा दुवैजनालाई नियन्त्रणमा लिएका हौं। ‘उनीहरूलाई आवश्यक कारबाहीका लागि इटहरीबाट अख्यितार दुरुपयोग अनुसन्धान विभाग काठमाडौं पठाउनेछौँ’, उनले भने।

यता घुस रकमसहित रंगेहात फेला परेको नायव सुब्बा धितालले भने, ‘केन्द्रकै तालिम प्रशिक्षक -कर्मचारी_ दीर्घ धितालले ३५ हजार रकम मलाई ल्याएर राख्न दिएको हो, सो रकम तालिममा सहभागि विद्यार्थीलाई बाड्ने भत्ता हो’ कर्मचारी धितालले व्यक्तिगत रिसीब निकाल्न अख्तियार बोलाएर पक्राउ गरेको उनले प्रस्टाए।

केन्द्रका कर्मचारी स्रोतका अनुसार केन्द्रले २०७६ साल बैशाख ६ गतेदेखि खुजुरगाछीमा विद्युत जडान सम्बन्ध तालिम सञ्चालन गर्दै आइरहेको थियो। धुलावारी घर भएका प्रशिक्षक दिर्घले सो तालिम मेचीनगरमा सञ्चालन गर्नुपर्छ भन्दै केन्द्रमा दबाब दिँदै आइरहेका थिए। तर, केन्द्र प्रमुख मण्डलले उनको दबाबलाई नमानेर सो तालिम खुजुरगाछीमा लगेर सञ्चालन गरेको र सोही निहुँमा अख्तियार बोलाएर कर्मचारीले कर्मचारीलाई नै पक्राउ गर्न लगाएको हो।  

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ३ : ३६ बजे