१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिमान्तकृत महिलाहरूलाई जागरुक बनाईदै गाैरीगंजमा


१४ जेष्ठ २०७६, मंगलबार  

0
Shares

20190528_124831

गौरीगञ्ज १४, जेठ / सिमान्तकृत समुदायका महिलाहरुलाई स्थानीय शासन, नीति निर्माण , निर्वाचन र राजनीतिमा सवलीकरण गराउने उद्धेश्यले झापाको गौरीगञ्ज गाउँपालिकामा नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

करिब एक बर्ष अघिदेखि सो क्षेत्रमा सक्रिय रहेको राष्ट्रिय महिला सशक्तिकरण संस्थाले ३/३ दिन गाउँपालिकाका तीन स्थानमा त्यस किसिमको प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गरेको हो । गौरीगञ्ज गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको सो प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको संस्थाकी सचिव पुष्पलता राजवंशीले जानकारी दिईन् । उनका अनुसार गत जेठ ५ देखि ७ गते सम्म वडा नं १ महाभारामा, ८ देखि १० गते सम्म वडा नं २ को कोरोबारीमा र १२ गतेदेखि १४ गते ( आज) सम्म वडा नं ४ र ५ का महिलालाई गाउँपालिकाको सभाकक्षमा सो प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणका क्रममा सिमान्तकृत महिलाहरुले विश्वमा गरेका ऐतिहासिक कामहरु, विगतमा नेपाली महिलाहरुले भोग्नु परेका समस्याहरु, विद्यमान ऐन, कानुनहरु, संविधानले प्रदान गरेका महिला स्वतन्त्रता र अधिकार लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । तीन स्थानमा सञ्चालन गरिएको त्यस किसिमको प्रशिक्षणमा कूल ११५ जना सिमान्तकृत समुदायका महिलाहरुले उत्साहपूर्ण रुपमा सहभागिता जनाएका थिए । उनीहरुले विद्यमान, ऐन, कानुन, सामाजिक परिवेश, राज्यले प्रदान गरेका सेवा सुविधाहरु, विश्व महिला इतिहास आदिका बारेमा अन्तरक्रियात्मक ढंगबाट जिज्ञासा राखेका आयोजक संस्थाकी अध्यक्ष फुलवती राजवंशीले जानकारी दिइन् । सो अवसरमा अधिवक्ताद्धय देवी निरौला र कविता शर्माले मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए भने पुण्य संग्रौलाले सहप्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

गौरीगञ्जमा यस अघि रुढ नेपाल नामक संस्थाले सिमान्तकृत समुदायका महिलाहरुलाई संगठित गराएर वडा तहमा समुह गठन गरेको थियो । तिनै समुहहरुलाई गाउँपालिकास्तरमा मूल समिति गठन गरी वडा तथा गाउँस्तरमा कार्यक्रमहरु सञ्चालन गरिँदै आएको अध्यक्ष राजवंशीले बताइन् । सोही संस्थाले यस अघि वडास्तरमा सीपमुलक तथा क्षमता विकासका कार्यक्रमहरु पनि सञ्चालन गरेको थियो ।
वडा नं १ मा महिलाहरुलाई आधारभुत सिलाई कटाई सम्बन्धि सीपमुलक तालिम सञ्चालन भईरहेको पनि संस्थाले जनाएको छ । सीप सिकेका महिलाहरुलाई पचास प्रतिशत अनुदानमा सिलाई कटाई मेसिन समेत आगामी दिनमा उपलब्ध गराउने संस्थाले लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  १ : ४४ बजे