१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं६ ले कृषकलाई निशुल्कमा पानी तान्ने माेटर बाढ्याे


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares

20190523_132210

गाैरीगंज १०, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं ६ ले यहाँका कृषकलाई निशुल्कमा पानी तान्ने माेटर विहिवार वितरण गरेकाे छ । आकासे पानीकाे भरमा खेतीपाती गर्ने कृषकलाई राहत पुग्ने उधेश्यले कृषि विकास कार्यक्रम अन्तरगत वार्ड कार्यालयले ४८ थान पानी तान्ने माेटर वितरण हाे ।
कृषि उत्पादन बढाई कृषककाे आम्दानी बढाउने लक्ष्य लिएर कार्यालयले १.५२ एचपीकाे १६ थान, १ एचपी काे २ ईन्च पानी तान्ने ८ थान र १ एचपीकाे १/२ ईन्च पानी तान्ने २४ थान वितरण गरिएकाे वार्ड नं६ कि वार्ड सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारीले बताईन् । वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादव, वार्ड सदस्य उदिमकुमार राई, मुकेश साह, रमकुमारी विक, वार्डसचिव गाेविन्द राजवंशीलगायतकाे उपस्थिति थियाे । वार्ड कार्यालयले ५ लाख १२ हजार ५ सय रूपैयाँ वजेट उत्त कार्यका लागि वजेट विनियोजन गरिएकाेे छ । त्यसैगरी वार्डले २० थान डिजल पम्पसेट (हाेण्डा ) वितरण गरेकाे छ । कृषककाे याेगदानकाे आाधारमा साझेदारी कार्यक्रम अन्तगर्त ३ लाख ६७ हजार ५ सय रूपैयाँकाे लागतमा पम्पसेट वितरण गरिएकाे वार्ड सचिव गाेविन्द राजवंशीले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ६ : ०७ बजे