५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिका वार्ड नं ६ मा ड्राइभिङ र कम्प्युटर तालिम शुरू


३१ बैशाख २०७६, मंगलबार  

0
Shares

20190513_121341
गाैरीगंज ३१, वैशाख / वेराेजगार युवाहरूलाई स्वराेजगार बनाउने उधेश्यले गाैरीगंज गाउँपालिका वार्ड नं ६ ले १ महिने सिपमुलक ड्राइभिङ तालिम साेमवारदेखि शुरू गरेकाे छ । लक्षित समुदायका वेराेजगार युवाहरूलाई लक्षित गरी वार्ड कार्यालयले तालिमका लागि १ लाख रूपैयाँ बजेट छुट्याएकाे छ । तालिमकाे संयाेजन चन्द्र सुर्य सीप विकास संस्था दमकले गर्दैछ । वार्ड नं ६ का अध्यक्ष वद्री नारायण यादवकाे अध्यक्षतामा तालिम उद्घाटन कार्यक्रममा वार्ड सदस्यहरू मुकेश साह, उदिम कुमार राई, चन्द्रसुर्य सीप विकास संस्था दमकका सचिव तथा तालिम कार्यक्रमका संयाेजक विष्णु प्रसाद अधिकारीलगायले बाेलेका थिए । तालिममा १० जना युवाहरू सहभागी छन् । त्यसैगरी वार्ड कार्यालयले २० जना युवायुवतीहरूलाई स्वराेजगार बनाउने उधेश्यले १ महिने आधारभुत कम्प्युटर तालिम शुरू गरेकाे छ । उत्त तालिमकाे सहजिकरण चन्द्रसुर्य सीप विकास संस्थाले गरेकाे वार्ड सचिव गाेविन्द राजवंशीले बताए । लक्षित समुदायका वेराेजगार युवायुवतीहरूलाई लक्षित गरि तालिम सञ्चालन गरेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ७ : ०४ बजे