१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका हुसेनलाई आजिवन कारावास


२८ बैशाख २०७६, शनिबार  

0
Shares

20190511_203137
गाैरीगंज २८ , वैशाख / मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै झापामा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको फैसला गरेको छ ।

नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको फैसला भएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ (१) विपरीत ऐन दफा २१३ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७(१) को कसुरमा सोही ऐनको १७७ (२) बमोजिम जन्मकैदको सजाय तोकिएको श्रेष्तेदार खनालले बताए ।

उनका अनुसार अपहरण गरी पोडैलको हत्यामा कसुर ठहर गर्दै सोही ऐनको दफा ४३ (२) बमोजिम ज्ञ्ेठी दफा ४१ बमोजिम हुसेनलाई आजीवन कैदको सजाय सुनाइएको हो । सोही ऐनको दफा २१७ तथा ज्यान मार्नेतर्फ १८६ बमोजिम प्रतिवादीबाट पत्नी जाहेरवालालाई एक लाख क्षतिपूर्ति भराइदिने आदेश समेत भएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  २ : ४९ बजे