२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

गाैरीगंजमा पहिलाे पटक कालाेपत्रे बाटाेकाे शिलान्यास , २ महिना मै सम्पन्न गरिने ठेकेदारसंगकाे सम्झाैता


२५ बैशाख २०७६, बुधबार  

0
Shares

20190508_223500
गाैरीगंज २५, वैसाख / गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित भारू चाैक दक्षिण कृष्ण महताेकाे घरदेखि देविगंज जानेबाटाे पिच बन्ने भएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र वार्ड नं ६ का अध्यक्ष वद्रीनारायण यादवले संयुक्तरूपमा निर्माण हुन लागेकाे उत्त पिच बाटाेकाे विधिवतरूपमा शिलान्यास गरेपछि आजदेखि निर्माण कार्य शुरू भएकाे हाे ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत उत्त बाटाेमा पिच निर्माणका लागि जगदम्बा कन्सट्रक्सनले असार २५ गतेभित्र निर्माणकार्य सम्पन्न हुने गरि ५२ लाख रूपैयाँमा ठेक्का लिएकाे छ । ५ मिटर पिच चाैडाई भएकाे उत्त बाटाे ९ सय ३५ मिटर लामाे कालाे पत्रे बन्ने जगदम्बा कन्स्ट्रक्सनका प्राेपाईटर रवि भट्टराईले जानकारी दिए । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिका भरिमा याे सडकमा पहिलाे पटक कालाे पत्रे हुन लागेकाे याे ऐतिहासिक कार्यमा सबैले साथ र सहयाेग गर्नुुपर्ने बताए । अर्काे वर्ष पनि क्रमश उत्त बाटाे भारतिय सिमानासम्म कालाेपत्रे बनाउने याेजना रहेकाे अध्यक्ष श्रेष्ठले बताए । वार्ड नं ६ का अध्यक्ष वद्रीनारायण यादवले याे बाटाे कालाेपत्रे बनाउन धेरै ठुलाे प्रयास पश्चात् वजेट विनियाेजन भएकाे हुदा सबैले यश कार्यमा सहयाेग गर्नु पर्ने बताए । तराई मधेश समृद्धि कार्यक्रम अन्गर्त याे सडकमा कालाेपत्रेका लागि ७७ लाख रूपैया वजेट विनियाेजन भएकाे छ । तर कालाेपत्रे निर्माणका लागि ५२ लाख रूपैयाँमा ठेक्का लागेकाे र बांकी रकम क्रमशः साेही बाटाेमा खर्च गरिने जनाईएकाे छ ।
शिलान्यास कार्यक्रममा वार्ड नं ५का अध्यक्ष विजय सिंह, वार्ड सदस्य उदिम कुमार राई, वार्ड सदस्य लिला गन्गाई, जगदम्बा कन्स्ट्रक्सन प्राेपाइटर रवि भट्टराई, गाउँपालिकाका अधिकृत विरेन्द्र खड्का, वार्ड सचिव गाेविन्द राजवंशी लगायत स्थानियहरूकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : ५२ बजे